आइतबार, मंसिर ९ गते २०८१

ओलीले बोलाए स्थायी कमिटी, नेपालसहित ११ जनालाई कारबाहीको तयारी

ओलीले बोलाए स्थायी कमिटी, नेपालसहित ११ जनालाई कारबाहीको तयारी

अखबार दैनिक
सोमबार, जेठ १० २०७८
  • ओलीले बोलाए स्थायी कमिटी, नेपालसहित ११ जनालाई कारबाहीको तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको हो ।

    images

    आजको बैठकमा आइतबार माधवकुमार नेपालसहित ११ सांसदलाई २४ घण्टाको समय दिएर मागिएको स्पष्टीकरणका बारेमा छलफल तथा कारबाहीको तयारी गरिएको एक नेताले जानकारी दिए ।

    नेकपा एमालेका २६ सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चयन गर्नका लागि हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनमा रहेर आफ्नै सरकारविरुद्ध उभिएको भन्दै हस्ताक्षरकर्ता सांसदहरूलाई कारबाहीको तयारी गरेको एक नेताले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ