सोमबार, जेठ ७ गते २०८१

नयाँ इतिहास रच्दै सेयर बजारले गर्यो २०७७ साललाई बिदाई

नयाँ इतिहास रच्दै सेयर बजारले गर्यो २०७७ साललाई बिदाई

अखबार दैनिक
मंगलबार, चैत ३१ २०७७
  • नयाँ इतिहास रच्दै सेयर बजारले गर्यो २०७७ साललाई बिदाई

    २०७७ सालको अन्तिम आज सेयर बजारले नयाँ इतिहास रचेको छ ।  सेयर बजारले २७ सयको बिन्दु पार गरि नयाँ रेकर्ड राखेको छ । 

    कोरोना महामारीका कारण लामो समय लकडाउनबाट गुग्रिएको मुलुकमा  सेयर बजारले भने नयाँ इतिहास रच्यो ।  अन्य क्षेत्रमा लगानी खुम्चिएपछी सेयर बजारलाई भने यसले राम्रो प्रतिफल दियो ।

    हिजाे मात्र २६९१.५५ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर अलटाइम नयाँ रेकर्ड बनाएकाे हाे । मंगलबार सेयर बजार २७१४.७९ विन्दुमा पुगेकाे छ । याे हालसम्म कै उच्च विन्दु हाे । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेकाे छ । नेप्से ०.८६ प्रतिशतले बढेकाे हो ।

    कूल २०९ वटा कम्पनीकाे एक कराेड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

    स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

    आज बैंकिङ्ग,  व्यापार,  विकास बैंक, हाइड्रोपावर,फाइनान्स र म्युचुअल फण्ड समूहको सेयरमूल्य बढेको छ । यता निर्जीवन बीमा, होटल र पर्यटन,   लगानी उत्पादन, लघुवित्त, जीवन बीमा र अन्य समूहको सेयरमूल्य घटेको छ । 

    अन्य क्षेत्रमा लगानीको अवसर नहुँदा आम लगानीकर्ताको ध्यान सेयर बजारतर्फ मोडियो । जसले गर्दा सेयर बजारमा नयाँ उछाल देखियो । सेयर बजारले वर्ष २०७७ लाई उत्साहपूर्ण तरिकाले बिदाइ गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार