आइतबार, कात्तिक ४ गते २०८२

टीओबी समूहका लिडर तेन्जिङको नागरिकताको विवरण भेटिएन

टीओबी समूहका लिडर तेन्जिङको नागरिकताको विवरण भेटिएन

अखबार दैनिक
आइतबार, कात्तिक ४ २०८२
  • टीओबी समूहका लिडर तेन्जिङको नागरिकताको विवरण भेटिएन

    जेनजी प्रदर्शनमा ‘टीओबी’ को टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जिङ दावा लामाको नागरिकताबारे प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले जवाफ दिएको छ । तेन्जिङले २०७९ असार २४ मा लिएको नागरिकताको विवरण पठाउन जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । तेन्जिङको नागरिकताको विवरण नभेटिको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए । उनले भने– ‘प्रदर्शनमा हाम्रो कार्यालय आगजनी भएको थियो, ढड्डा जलेको हुनाले विवरण फेला परेको छैन ।’

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई ‘विवरण फेला नपरेको’ जवाफ पठाएको छ । बौद्ध बस्दै आएका तेन्जिङ दावा लामा असोज २६ मा पक्राउ परेका हुन् । तेन्जिङले काठमाडौँ महानगरपालिका–६ बौद्धमा २०६३ चैत १० मा जन्म दर्ता गरेको विवरण सार्वजनिक भएको छ । तर, त्यसदिन शनिवार भएको हुनाले कसरी जन्म दर्ता भयो भन्नेबारे प्रश्न उठेको छ । विवरण यकिन गर्न वडा कार्यालयमा पत्राचार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ