शुक्रबार, असोज ४ गते २०८१

एमालेसंग सत्ता सहकार्यको लागी जसपाको कार्यदल तर पार्टीकै दुई अध्यक्ष बेखवर

एमालेसंग सत्ता सहकार्यको लागी जसपाको कार्यदल तर पार्टीकै दुई अध्यक्ष बेखवर

अखबार दैनिक
मंगलबार, फागुन २५ २०७७
  • एमालेसंग सत्ता सहकार्यको लागी जसपाको कार्यदल तर पार्टीकै दुई अध्यक्ष बेखवर

    नेकपा एमालेसँगको सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले कार्यदल गठन गरेको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको टोलीले कार्यदल गठन गरेको हो। कार्यदलमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन्। त्यस्तै, सरकारका तर्फबाट पनि जसपासँग छलफलका लागि दुई सदस्यीय कार्यदल बनाइएको छ। जसमा विष्णु पौडेल र सुवास नेम्वाङ सदस्य रहेको बालुवाटार स्रोतले जनाएको छ। तर, नेम्वाङले भने जसपासँग छलफल भएको स्वीकार गरे। तर, कार्यदल भने नबनिसकेको उनले बताए ।

    images

    तर, जसपाले कार्यदल निर्माण गरिसक्दासमेत संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई जानकारी नभएको बुझिएको छ। यो समूह प्रधानमन्त्री ओलीसँग रुष्ट छ। अध्यक्ष ठाकुर पक्षले ओलीसँग सहकार्यका लागि सकारात्मक भएपनि भट्टराई र उपेन्द्र यादवपक्ष त्यसको विरुद्धमा उभिएका छन्। सरकारमा जाने बिषयमा जसपा पनि दुई धारमा बाँडिएको छ।

    सर्वोच्च अदालतको फैसलापछि एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन्। प्रतिनिधिसभामा एमालेको १२० सांसद कायम छन् । जसपासँग निलम्बित सांसद चौधरीसहित ३४ सांसद छन्। सरकार बनाउन १३४ सांसद संख्या आवश्यक पर्छ। जसपा र एमाले मिलेमा ओली नेतृत्वको सरकार जोगिने भएकाले ओली पक्षले सरकार जोगाउन जसपासँग कार्यदल नै बनाएर छलफल थालेको बताइएको छ।

    अब सरकार गठन गर्नका लागि एमाले र कांग्रेस मिलेर पनि बहुमतको सरकार गठन गर्न सक्छ। यस्तै एमालेले जसपालाई आफ्नो पक्षमा तान्न सक्यो भने पनि सरकार बन्न सक्छ। एमाले र माओवादी केन्द्रबीच सहकार्य जारी रहेको खण्डमा पनि सरकार गठन हुनसक्छ।

    तर, यो विकल्प अत्यन्त न्यून छ। प्रचण्डले कुनै पनि हालतमा अब ओलीसँग सहकार्य गर्न नसक्ने तर्क गर्दै आइरहेका छन्। ओलीलाई दबाब दिन कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर पनि नयाँ सरकार गठन गर्नसक्ने देखिन्छ। उता, सर्वोच्च अदालतको फैसलापछि बनेको अर्को पार्टी नेकपा माओवादी केन्द्रले पनि नयाँ सरकार बनाउनका लागि कांग्रेस र जसपासँग छलफलको तयारी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ