शुक्रबार, असोज ४ गते २०८१

अझैपनि नेकपा एकता जोगाउने प्रयास गनुपर्छ : रघुजी पन्त

अझैपनि नेकपा एकता जोगाउने प्रयास गनुपर्छ : रघुजी पन्त

अखबार दैनिक
सोमबार, फागुन २४ २०७७
  • अझैपनि नेकपा एकता जोगाउने प्रयास गनुपर्छ :  रघुजी पन्त

    नेता रघुजी पन्तले अझैपनि नेकपा एकता जोगाउन प्रयास गर्नुपर्ने बताएका छन्। प्रचण्ड-माधव नेपाल पक्षका स्थायी समिति सदस्य पन्तले पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा सकभर देशको विकास र सम्मृद्धिका लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको भन्दै शीर्ष नेताहरुले त्यस्तो पहल गर्नुपर्ने धारणा राखेका हुन्।

    images

    उनले भने, ‘नेकपा एकता जोगाउन सकिन्छ भने त्यसका लागि प्रचण्ड र केपी ओलीले फेरि प्रयास गर्नुपर्छ।’ उनले सर्वोच्चको फैसला राजनीतिक भएको बताए । ‘अदालतको फैसला अलिक बढी राजनीतिक भएको छ भन्ने कुरा भएको छ। एकता महत्त्वपूर्ण थियो। एकताको जोगाउने सम्भावना खोज्नुपर्छ। केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कुराकानी गर्नुपर्छ भन्ने कुरा राखेँ,’ उनले भने ।

    सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई पूर्ववत अवस्थामा नै राखिदिएपछिको अवस्थामा प्रचण्ड माधव समूहले आगामी रणनीति तय गर्न सोमबार स्थायी कमिटी बैठकमा छलफल गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ