शनिबार, असोज १७ गते २०८३

एमालेमै रहने मनस्थितिमा माधव नेपाल समूह

एमालेमै रहने मनस्थितिमा माधव नेपाल समूह

अखबार दैनिक
सोमबार, फागुन २४ २०७७
  • एमालेमै रहने मनस्थितिमा माधव नेपाल समूह

    सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि माधवकुमार नेपाल समूह नेकपा (एमाले) मै रहने मनस्थितिमा पुगेको छ। नेपाल समूहका एकजना सांसद तथा केन्द्रीय सदस्यले भने आफूहरू नेकपा (एमाले) मै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको ’ओली प्रवृत्ति’ विरूद्ध लड्ने मनस्थितिमा रहेको बताए।

    ’अहिले पेरिसडाँडामा भइरहेको स्थायी कमिटी बैठक विदाइ बैठक पनि हुन सक्छ,’ पेरिसडाँडामै उपस्थित उनले भने। यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए।

    ती केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ। केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ। त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ।

    ’नेताहरू सर्वोच्चको आदेशविरूद्ध पुनरावलोकनमा पनि जान सक्नुहुन्छ। तर त्यसको टुंगो कहिले लाग्छ भन्ने पनि एकिन भएन। अब कि त संसदीय मोर्चा केही होइन भनेर आन्दोलनमा जानु प¥यो,’ उनले भने,‘उता पनि हामी पार्टी एकताका पक्षमा लागिरहन्छौं। ओली प्रवृत्तिविरूद्ध लडिरहन्छौं।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ