शनिबार, वैशाख २२ गते २०८१

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : विभिन्न कार्यक्रमको आयोजना

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : विभिन्न कार्यक्रमको आयोजना

अखबार दैनिक
सोमबार, फागुन २४ २०७७
  • आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : विभिन्न कार्यक्रमको आयोजना

    आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै महिला दिवसको रुपमा मनाईन्छ।

    images

    नेपालमा पनि आज विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ। यस पटकको महिला दिवसको नारा ‘महिला नेतृत्व : कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने रहेको छ। आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा महिलाहरुको सक्रिय सहभागीता र नेतृत्वको प्रशंसा गरिन्छ।

    समाजमा सुरक्षित भविष्य र समानताको लागि विभिन्न अभियानहरु चलिरहेका छन्। तैपनी नेपाली समाजमा महिलाहरुले यथोचित स्थान हाँसिल गर्न पाएका छैनन्। अझैपनि घरेलु वा पारिवारिक हिंसामा महिलाहरुमाथि दमन, विभेद र अत्याचार भईरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार