शुक्रबार, असोज ४ गते २०८१

पार्टी सचिवालय बैठक बोलाऊ : बामदेव गौतम

पार्टी सचिवालय बैठक बोलाऊ : बामदेव गौतम

अखबार दैनिक
बुधबार, फागुन १२ २०७७
  • पार्टी सचिवालय बैठक बोलाऊ : बामदेव गौतम

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् । संसद विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न गौतमले सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

    images

    ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’ गौतमले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिला नगरी पदबाट राजीनामा दिन पनि सुझाव दिएका छन् । उनले सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको फैसलालाई ऐतिहासिक भनेका छन् ।

    उनले संसद विघटन बदर भएको दिनलाई निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय भएको र संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ