शुक्रबार, असोज ४ गते २०८१

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्लीमा व्यस्त

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्लीमा व्यस्त

अखबार दैनिक
शुक्रबार, माघ २ २०७७
  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्लीमा व्यस्त

    भारतको तीन दिने भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शुक्रबार नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी भएका छन् ।

    images

    नयाँदिल्लीस्थित हैदरवाद हाउसमा बसिरहेको सो बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका छन् भने भारतको नेतृत्व भारतीय विदेशमन्त्री जयशंकरले गरेका छन्। साथै सो बैठकमा परराष्ट्रसचिव भारत राज पौड्याल, स्वास्थ्यसचिव र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य पनि सहभागी छन् ।

    जारी बैठकमा नेपाल–भारतबीच देखिएका तिक्तता मेटाउने गरी व्यापार, वाणिज्य, पारवहन, ऊर्जा, सीमा, कोरोना नियन्त्रण तथा खोप सहयोग, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायतका विषयलाई एजेण्डाको रुपमा राखिएको छ ।

    सो बैठक सुरू हुनुअघि हैदरवाद हाउसमै परराष्ट्रमन्त्री ज्ञवाली र समकक्षी जयशंकरबीच ‘वान अन वान’ वार्ता भएको थियो । नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

    तर, बिहीबार साँझ भारतको विदेशमन्त्रालयले सार्वजनिक गरेको धारणाअनुसार सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा भारत छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ