बिहीबार , असोज ३ गते २०८१

कोरोनाको नयाँ प्रजाती फैलिन थालेपछी दिल्लीमा कर्फ्यु घोषणा

कोरोनाको नयाँ प्रजाती फैलिन थालेपछी दिल्लीमा कर्फ्यु घोषणा

अखबार दैनिक
शुक्रबार, पुस १७ २०७७
  • कोरोनाको नयाँ प्रजाती फैलिन थालेपछी दिल्लीमा कर्फ्यु घोषणा

    कोरोना भाइरसको नयाँ स्ट्रेन फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यु घोषणा गरिएको छ। अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भीडभाड गर्दा महामारी झनै फैलने भन्दै दिल्ली आपतकालिन प्राधिकरण डीडीएमएले आज राती डिसेम्बर ३१ र भोलि जनवरी १ को रातभर कर्फ्यु गराउने घोषणा गरेको हो ।

    images

    डीडीएमएले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म दिल्लीमा कर्फ्यु लाग्ने जानकारी दिएको छ। नयाँ वर्षको पहिलो रातको ११ बजेदेखि अर्को दिन बिहान ६ बजेसम्म पनि दिल्लीमा कर्फ्यु लगाइने भएको छ ।

    सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी मानिसहरूलाई जमघट गर्न प्रतिबन्ध लगाइएको छ। नयाँ वर्षको उमंग मनाउन भीडभाड गर्न पनि पाइनेछैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ