बिहीबार , मंसिर ३ गते २०८३

देशभर थप १०५६ जनामा कोरोना पुष्टि, १४८३ जना संक्रमणमुक्त, १४ को मृत्यु

देशभर थप १०५६ जनामा कोरोना पुष्टि, १४८३ जना संक्रमणमुक्त, १४ को मृत्यु

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • देशभर थप १०५६ जनामा कोरोना पुष्टि, १४८३ जना संक्रमणमुक्त, १४ को मृत्यु

    मंसिर २४,

    पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा ६२८६ जनामा गरिएको थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको हो।

    योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ। पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।

    त्यस्तै, यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६५१ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार