आइतबार, मंसिर १३ गते २०८३

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

अखबार दैनिक
आइतबार, मंसिर १३ २०८३
  • सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

    बागलुङ १३ मङ्सिरः सहकारीमार्फत दूधको बजारीकरण भएपछि जिल्लाको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् । त्यस नगरपालिकामा किसानले उत्पादन गरेको दूध सहकारीमार्फत पोखरा निर्यात हुन थालेको छ । गाउँमा उत्पादित दूधको खपत कम भएपछि स्थानीय किसानले सहकारीमार्फत दूध सङ्कलन गरी पोखरास्थित डेरी उद्योगमा बिक्री गर्दै आएका छन् ।    
        
    जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले ३५ जना किसानबाट दैनिक करिब २३० लिटर दूध सङ्कलन गरी पोखरास्थित सुजल डेरीमा पठाउँदै आएको छ । विसं २०७६ मा स्थापना भएको सहकारीले दूधको बजारीकरण गर्दै किसानलाई पशुपालनमा निरन्तरता दिन सहयोग पु¥याएको छ ।    
    दूध गाउँमै पर्याप्त खपत नहुने र चाडपर्वका समयमा मात्रै माग बढ्ने भएपछि सहकारीले दूधको सङ्कलन तथा बजारीकरणको व्यवस्था मिलाएको हो । यसअघि बजारको अभावमा किसानलाई उत्पादित दूध बिक्री गर्न समस्या हुने गरेको थियो । सहकारीमार्फत नियमित रूपमा दूध बिक्री हुन थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको छ ।    
        
    सहकारीका व्यवस्थापक कृष्णप्रसाद आचार्यका अनुसार ३५ जना शेयर सदस्य किसानबाट दैनिक दूध सङ्कलन गरेर पोखरा पठाउने गरिएको छ । दूधको गुणस्तर र ‘फ्याट’का आधारमा किसानलाई मासिक भुक्तानी दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।    
        
    व्यवस्थापक आचार्यले भन्नुभयो, “किसानले उत्पादन गरेको दूध सहकारीमा जम्मा हुन्छ । चिलिङ भ्याटमा राखिएको दूध २४ घण्टासम्म सुरक्षित रहन्छ । त्यसअघि नै सुजल डेरीको ट्याङ्कर आएर दूध लैजान्छ ।”    
        
    स्थानीय बजारमा दूध प्रतिलिटर रु ११० सम्म बिक्री हुने गरे पनि पोखरा पठाउँदा औसतमा प्रतिलिटर रु ७० मात्रै मूल्य प्राप्त हुने गरेको उहाँले बताउनुभयो । बजारको सुनिश्चितता भए पनि ढुवानी तथा बिक्री मूल्यका कारण किसानले स्थानीय बजारको तुलनामा कम मूल्य पाउने गरेको उहाँको भनाइ छ । दूधको बजार सुनिश्चित भएपछि किसानलाई व्यावसायिक पशुपालनमा लाग्न सहज भएको छ ।    
        
    सहकारीले अहिलेको दूध सङ्कलन तथा बजारीकरणलाई थप व्यवस्थित बनाउन एक हजार लिटर क्षमताको चिलिङ भ्याट आवश्यक रहेको जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रोत्सान पनि गर्दै आएको छ ।    
    सहकारीमार्फत बिक्री हुने दूधमा किसानलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराउँदै आएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा भरत रेग्मीले जानकारी दिनुभयो । रासस  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार