शनिबार, जेठ ५ गते २०८१

मनिषा कोइरालाको को निश्कर्ष : राजनितीभन्दा राष्ट्रभक्ती ठुलो हो

मनिषा कोइरालाको को निश्कर्ष : राजनितीभन्दा राष्ट्रभक्ती ठुलो हो

अखबार दैनिक
शुक्रबार, मंसिर १२ २०७७
  • मनिषा कोइरालाको को निश्कर्ष : राजनितीभन्दा राष्ट्रभक्ती ठुलो हो

    मंसिर १२,

    images

    नेपालमा जन्मेर बलिउडमा राज गर्ने एक मात्र नायिका हुन मनिषा कोइरला । बलिउडमा उनको अभिनय रहेको फिल्म संजुले पनि अपार सफल्ता प्राप्त गर्याे । मनिषा को लागि फिल्म संजु निकै फाइदाजनक साबित भयो। संजुमा उनलाई नर्गिसको रोलमा निकै मन पराइएको थियो ।

    २०१२ सालमा उनि क्यान्सरको शिकार भएकी थिइन् । तर क्यान्सरलाई उनले जितेकी छिन् । पछिल्लो समय मनिषा सामाजिक संजालमा निकै एक्टिभ छिन् । उनि सधै सुन्दर तस्विरहरु शेयर गरिरहन्छिन् । साथै उनले आफ्नो घरलाई निकै सुन्दर तरिकाले सजाएर राखेकी छिन् ।

    उनले आफ्नो रूमको डिजाइनमा अधिकांश फुलको प्रयोग गरेकी छिन्। मनीषाको घरको सोफा र पर्दाको रंग पनि उस्तै छ।उनले आफ्नो घरमा गरिएको अधिकांश सजावटको समान विदेशबाट ल्याएकी थिइन् ।

    नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाकी नातिनी मनिषा कोइराला फिल्मी दुनियाँमा खुबै जमिन् । बलिउड नायिका बनेर कुनै बेला खुबै धुम मच्चाएकी उनी क्यान्सरको संक्रमणपछि निष्कृय भइन् । तर, रोगलाई जितेपछि पुनः मुम्बई फर्केर सक्रिय भइन् । मनिषाको सम्राट उपाध्यायसँगको विवाह लामो समय टिकेन । घरजम गर्ने उनको रहर रहरमै सिमित भयो । त्यसपछि केही समय विचलित भएकी उनी फेरि जागिन् । तर, मुम्बईको फिल्मी नगरीमा हराएजस्तै भइन् ।

    पछिल्लो समय नेपाल र भारतबीच सिमा विवादमा मनिषाको भनाईले चर्चा पायो । उनले सिमा विवादमा ट्वीटर गरेर देशभक्ति देखाइन् । त्यसप्रति उनको भारतीय नागरिकहरुबाट चर्को आलोचना भयो । नेपालको राजनीतिकवृत्तमा मनिषा फेरि चर्चामा पुगिन् । उनी राजनीतिमा आउने चर्चा पनि भयो । तर, उनले राजनीतिमा कदापि नआउने बताइसकेकी छिन् । यद्यपि, उनी राजनीतिमा आउने ढोका भने पूर्ण रुपमा बन्द भएको छैन । मनिषा कुनै समय राजसंस्थाको पक्षमा बोलेर चर्चामा आएकी थिइन् । उनी र परिवारको सम्बन्ध तत्कालिन राजपरिवारसँग भएको विषय नउठेको होइन । उनका बाबु प्रकाश कोइराला राजसंस्थाका पक्षधर थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्री बने । वीपीपुत्र प्रकाशको राजाको शासनकालमा मन्त्री बन्नुलाई आश्चर्य मानियो । त्यसपछि उनको राजनीतिक जीवनमा ठुलो धक्का लाग्यो ।

    अहिले कोइराला परिवारको मातृका, वीपी र गिरिजाप्रसाद कोइरालापछिको दोस्रो पुस्तामा डा. शेखर कोइराला, सुजाता कोइराला र डा. शशांक कोइराला सक्रिय राजनीतिमा छन् । उनीहरु काँग्रेसको भावी नेतृत्वको दाबेदार पनि हुन् । त्यसपछिको पुस्तामा सिद्धार्थ कोइराला राजनीतिमा आएपनि त्यति राम्रो संकेत देखिएन । धेरैले मनिषालाई राजनीतिमा ल्याउन चाहे । तर, मनिषाले चाहिनन् । उनले स्वास्थ्यको कारण पनि देखाइन् । अहिले पनि मनिषा स्वास्थ्यको कारण देखाउँदै राजनीतिमा आउन नचाहेको बताउने गरेकी छिन् ।

    कोइराला परिवारको ब्रान्ड मनिषासँग छ । त्योमाथि उनी फिल्मी दुनियाँमा छाएकाले चिनिएकी मध्येकी हुन् । उनका लागि राजनीति रगतमै हुनु र पहिचान पनि हुनुले सहज बन्न सक्छ । तर, मनिषा आफैले इच्छा नदेखाइरहँदा त्यो सम्भावना न्युन छ । तर, उनको चाहना भने नभएको होइन । सिमा विवादमा मनिषाले जसरी आफ्नो धारणा बाहिर ल्याइन् त्यसले पनि उनको राजनीतिमा चाहना देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार