शुक्रबार, असोज ४ गते २०८१

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अखबार दैनिक
शुक्रबार, मंसिर १२ २०७७
  • गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    मंसिर १२,

    images

    गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । इश्मा गाउँपालिका-४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा इश्मा- ४ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिएका छन । दुर्घटनामा घाइते भएका सरस्वती दर्लामी र फर्सु थापाको अवस्था गम्भीर रहेकोले उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको घटनास्थलबाट स्थानीय रामबहादुर कार्कीले बताएका छन ।

    बिहान ७:२० बजेतिर ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। दुर्घटनामा जीप भिरबाट ४ सय मिटरभन्दा तल खसेको र चालक सकुसल रहेको कार्कीले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ