बुधबार, कात्तिक १८ गते २०८३

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

अखबार दैनिक
मंगलबार, कात्तिक १७ २०८३
  • मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

    भद्रपुर (झापा), १७ कात्तिकः मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।    
        
    कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म रु चार अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु चार अर्ब ६७ करोड सात लाख ७३ हजार सङ्कलन गरेको हो ।        
    यस अवधिमा निर्धारित लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन भएको हो ।    
    महिनागत विवरणअनुसार साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो ।    
        
    त्यस्तै, भदौमा रु एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।    
        
    असोजमा भने राजस्व सङ्कलन थप बढेको देखिन्छ । उक्त महिनामा रु एक अर्ब ८४ करोड ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार सङ्कलन भएको छ । यो असोज महिनाको लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत हो ।    
        
    कार्यालयका अनुसार, गत आर्थिक वर्षको तीन महिनाको सोही अवधिमा रु चार अर्ब १५ करोड २० लाख नौ हजार सङ्कलन भएको थियो ।  (रासस)     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ