मंगलबार, कात्तिक १० गते २०८३

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

अखबार दैनिक
सोमबार, कात्तिक ९ २०८३
  • इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य आक्रमणले त्यहाँको आणविक क्षमता नष्ट गरेको दाबी गर्नुभएको छ । उहाँले इरानलाई आणविक हतियार विकास गर्न वा प्रयोग गर्न दिनु विश्वका लागि गम्भीर जोखिम हुने तर्क गर्दै त्यसलाई रोक्न पूर्वसक्रिय सैन्य कारबाही आवश्यक भएको बताउनुभएको छ ।    
        
    मिचिगनमा आयोजित चुनावी सभाअघि फक्स २ टेलिभिजनसँग कुरा गर्दै ट्रम्पले इरानसँग आणविक हतियार भए त्यसको प्रयोग हुन सक्ने दाबी गर्नुभयो । आणविक द्वन्द्वबाट हुने सम्भावित मानवीय क्षति रोक्न आफूले पहिले नै कारबाही गरेको उहाँको भनाइ थियो । अमेरिकी आक्रमणले इरानको आणविक क्षमता आफूले अपेक्षा गरेभन्दा पनि बढी नष्ट गरेको उहाँले दाबी गर्नुभयो ।    
        
    विश्वव्यापी ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला ट्रम्पले रणनीतिक महत्त्वको हर्मुज जलघाँटी हुँदै हुने तेल ढुवानी युद्ध सुरु हुनुअघिको स्तरभन्दा बढेको बताउनुभएको छ । उहाँले यसका लागि अमेरिकी नौसेनाको नाकाबन्दी र सैन्य क्षमतालाई श्रेय दिनुभयो ।    
        
    ट्रम्पका अनुसार युद्धका कारण तेलको मूल्य केही बढ्ने उहाँलाई पहिले नै थाहा थियो । तर, अहिले हर्मुज जलघाँटी हुँदै बाहिरिने तेलको मात्रा युद्धअघिको भन्दा बढी रहेको उहाँले दाबी गर्नुभयो । अमेरिकी नौसेना प्रभावकारी रहेको उल्लेख गर्दै उहाँले जलघाँटीमा जारी नाकाबन्दीले तेलको आवागमन कायम राख्न सहयोग गरेको बताउनुभयो ।    
        
    यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानविरुद्ध थप सैन्य कारबाही गर्नु तर्कसङ्गत नहुने बताउनुभएको छ । उहाँले अर्को युद्ध सुरु भए पनि इरानको नीति परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।     
        
    इरानको समाचार संस्था आइएसएनएका अनुसार विदेश नीतिमा सहमति निर्माण गर्न सैयद कमल खर्राजीले निर्वाह गर्नुभएको भूमिकासम्बन्धी विशेष कार्यक्रम, खर्राजी दस्तावेज केन्द्र तथा सङ्ग्रहालय र विदेश मन्त्रालयको विशेष पुस्तकालय उद्घाटन समारोहमा अराघचीले यस्तो धारणा राख्नुभएको हो ।    
        
    “फेरि युद्धको चर्चा सुरु भएको छ, तर युद्ध होस् वा नहोस्, हाम्रा नीति यथावत् रहनेछन्”, उहाँले भन्नुभयो । मिचिगन (अमेरिका), ९ कात्तिक (रासस/)
            

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ