बुधबार, कात्तिक १८ गते २०८३

संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह

संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह

अखबार दैनिक
मंगलबार, कात्तिक १७ २०८३
  • संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह

    काठमाडौँ, १७ कात्तिक : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गर्नुभएको छ ।    
        
    सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आज भेटी उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन गर्न आग्रह गर्नुभएको हो ।    
        
    अध्यादेशमार्फत विषयहरू अघि बढाउनु लोकतन्त्रको मर्मअनुकूल नहुने उल्लेख गर्दै नेता आङ्देम्बेले भोटेकोशी बाढी प्रभावितका विषयमा पनि सभामा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।    
        
    आजै सभामुख अर्यालसँग नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्याल र गुरु बरालले भेट गर्नुभएको छ । सभामुखको कार्यकक्षमा भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो । (रासस)     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ