सोमबार, कात्तिक ९ गते २०८३

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

अखबार दैनिक
सोमबार, कात्तिक ९ २०८३
  • सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

    भद्रपुर (झापा), ९ कात्तिकः झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् ।    
        
    भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।    
        
    जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद हुँदा भाइ बाबुलालमाथि छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट घाँटीमा चोट लगेको भाइको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।    
        
    घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ । घटनालगत्तै फरार भएका कुबराजलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ