शुक्रबार, असोज ४ गते २०८१

राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला

राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला

अखबार दैनिक
आइतबार, मंसिर ७ २०७७
  • राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला

    मंसिर ७,

    images

    तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन हिजोदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।

    शनिबार एक कार्यक्रमका बीच पर्यटनमन्त्री योगेश भट्टराईले श्री सदन प्रदर्शनमा ल्याइएको घोषणा गरे । उनका अनुसार अब जनताले नारायणहिटी दरबार, श्रीपेचसँगै राजा वीरेन्द्र र उनको परिवारले प्रयोग गरेको निवास अवलोकन गर्न पाउनेछन् ।

    उद्घाटनमा मन्त्री भट्टराईले इतिहासहरूलाई आजीवन संरक्षण गर्नुपर्ने बताए । इतिहासलाई जीवित राख्न सकेमात्रै देश र समाजको विकास क्रमका विषयमा अध्ययन अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उनले बताए ।

    देश तथा विदेशका अनुसन्धानकर्ताहरूका लागि श्री सदन खुला हुनु महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था लगायत विषयमा बुझ्न सहयोग पुग्ने विश्वास गरे । नेपाली इतिहासमा २४० वर्षिय शाहवंशीय इतिहासको साक्षात नमूनाको रुपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ