सोमबार, भदौ २४ गते २०८२

जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

अखबार दैनिक
सोमबार, भदौ २४ २०८२
  • जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी  उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

    यसैगरी मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ । मन्त्रालयले काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणको गर्न समेत आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ