मंगलबार, असोज २० गते २०८३

ओलीको स्पष्ट सन्देश : ‘हारको जिम्मेवारी लिन्छु, तर अध्यक्षबाट भाग्दिनँ’ (अन्तरपार्टी निर्देशन सहित)

ओलीको स्पष्ट सन्देश : ‘हारको जिम्मेवारी लिन्छु, तर अध्यक्षबाट भाग्दिनँ’ (अन्तरपार्टी निर्देशन सहित)

अखबार दैनिक
मंगलबार, असोज २० २०८३
  • ओलीको स्पष्ट सन्देश : ‘हारको जिम्मेवारी लिन्छु, तर अध्यक्षबाट भाग्दिनँ’ (अन्तरपार्टी निर्देशन सहित)

    काठमाडौं, २० असोज । नेकपा एमालेले २१ फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोरेको हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्षसहित अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ।

    एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी २६ पृष्ठ लामो अपानिमा निर्वाचन परिणामलाई समग्र राजनीतिक तथा सांगठनिक परिस्थितिको परिणामका रूपमा विश्लेषण गरिएको छ। पार्टीले हारलाई बाह्य प्रहारसँगै आन्तरिक कमजोरी, तत्कालीन राजनीतिक मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र संगठनात्मक कमजोरीको संयुक्त परिणाम भनेको छ।

    अपानिमा भनिएको छ, ‘हार अध्यक्षको व्यक्तिगत असफलता होइन।’ एमालेले पार्टीको निर्वाचन पराजयलाई अध्यक्ष ओलीको मात्र जिम्मेवारीका रूपमा बुझ्न नहुने धारणा अघि सारेको हो।

    यद्यपि, अध्यक्ष ओलीले आफ्नो जिम्मेवारीबाट भने पन्छिन खोजेका छैनन्। अपानिमा आफ्नो भनाइ समेट्दै ओलीले अध्यक्षका रूपमा आफ्नो भागमा पर्ने जिम्मेवारी स्वीकार गर्ने बताएका छन्। तर, त्यससँगै उनले नेतृत्वबाट पछि हट्ने संकेत नदिएको सन्देश दिएका छन्।

    ओलीले भनेका छन्, ‘अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छु। तर म यो पनि भन्छु– यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय पनि होइन।’

    यसले पछिल्लो समय एमालेभित्र उठेको नेतृत्व परिवर्तन तथा पार्टी पुनर्गठनसम्बन्धी बहसमा ओली तत्काल अध्यक्ष पद छाड्ने पक्षमा नरहेको सन्देश दिएको देखिन्छ। यसअघि पनि ओलीले पार्टीभित्र अनुशासन र एकतालाई प्राथमिकता दिँदै नेतृत्वविरुद्ध हुने गतिविधिप्रति कडा अभिव्यक्ति दिएका थिए।

    तेस्रो केन्द्रीय कमिटी बैठकले ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्नुका साथै विभिन्न सांगठनिक निर्णय गरेको थियो। बैठकले केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी गठन तथा वरिष्ठ नेतासम्बन्धी निर्णयसमेत गरेको थियो।

    २६ पृष्ठको अपानिमा केन्द्रीय कमिटीले गरेका विभिन्न निर्णय, मनोनयनसम्बन्धी विषय तथा अध्यक्ष ओलीका मन्तव्य समावेश छन्।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ