बिहीबार , असोज ३ गते २०८१

केपी ओली ‘कम्युनिस्ट’ होइनन् : प्रचण्ड

केपी ओली ‘कम्युनिस्ट’ होइनन् : प्रचण्ड

अखबार दैनिक
आइतबार, कात्तिक ३० २०७७
  • केपी ओली ‘कम्युनिस्ट’ होइनन् : प्रचण्ड

    ३० कात्तिक काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट, वाम प्रगतिशील चिन्तनबाट आधारभूतरूपमै च्युत भइसकेको र सारमा कम्युनिस्ट नरहेको निष्कर्ष निकालेका छन् । सचिवालयमा पेश गरिएको एकल राजनीतिक दस्तावेजमा प्रचण्डले केपी ओलीले कहिल्यै समाजवाद, जनवादको पृष्ठपोषण नगरेको र व्यवहारतः नवउदारवादको वकालत गरेकाले उनलाई कम्युनिस्ट भन्न नहुने दलील प्रस्तुत गरेका हुन् । ad ad ad समाजवादको रणनीतिक लक्ष्य, शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धा, कानुनी शासन, मानवअधिकारको मूलभूत मान्यता, आवधिक निर्वाचन संविधानको सर्वोच्चता, नियन्त्रण र सन्तुलनको विधि, संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता, दलाल नोकरशाही पुँजीवादमाथि नियन्त्रण र नियमन गर्ने पार्टी एकताले तयार पारेका राजनीतिक आधर हुन् । त्यस्तै वर्तमान विश्व परिस्थिति अनुसार राष्ट्रिय पुँजीको विकास गर्ने तथा सामाजिक न्यायसहित आर्थिक विकासलाई गति दिई सामाजवादको आधार तयार पार्ने पार्टी एकताले स्वीकार गरेको राजनीतिक कार्यदिशा हो । तर, योभन्दा ठीक उल्टो गतिमा हिँडिरहेको प्रचण्डको निर्क्यौल छ । “उहाँले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृतिक नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ,” प्रचण्ड दस्तावेजमा किटानका साथ भन्छन्, “व्यवहारतः उहाँले दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ओलीले मदन भण्डारी फाउन्डेसनलाई पार्टीको स्वरूपमा ढाल्न खोजेको बताउँदै पार्टी स्थायी कमिटीको पाँचौं बैठकको निष्कर्षको मर्म मै प्रहार गरेको आरोप लगाएका छन् । भन्छन्, “उहाँले पार्टी, विचार, नीति र योजनाको होइन बरु प्रतिष्ठानका नाममा आफ्नो गुटलाई पुरानै रूप र मान्यता अनुसार सक्रिय पारी एकताको मर्ममाथि प्रहार गरिरहनुभएको छ ।” पार्टीका अन्य सबै नेताहरू जेठ ३ गतेको मदन–आश्रित स्मृति दिवस, फागुन २१ गतेको सुखानीका सहिदहरुको स्मृति दिवस, फागुन १ गतेको जनयुद्धका सहिदहरूको स्मृति दिवसमा सहभागी बनेर पार्टी एकताको मर्म र भावनालाई सम्मान गरेको र तर ओलीले त्यो सदासयता देखाउन नसकेको प्रचण्डको बुझाइ छ । “कमरेड केपी ओली भने कहिल्यै पनि फागुन १ गतेको कार्यक्रममा सहभागी बन्न समेत तयार हुनुभएन,” प्रचण्ड भन्छन्, “तथ्यहरूले स्पष्ट गर्दछन् कि कमरेड केपी ओलीले पार्टी एकताको वैचारिक–राजनैतिक आधार र भावनालाई आत्मसात नगरेको मात्र होइन बरु त्यसका विरुद्ध आफ्ना क्रियाकलापहरु बढाइरहनु भएको छ । राजनैतिक प्रतिवेदनमाथिको उहाँको ‘स्वीकारोक्ति’ केवल सत्ता प्राप्ति र गुटस्वार्थ पूरा गर्ने हतियारका रूपमा मात्र प्रयोग गरेको देखिएको छ ।”

    images

    साभार: बार्हखरी 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ