बिहीबार , असोज १५ गते २०८३

सांसदद्वारा ज्येष्ठ नागरिकलाई सम्मान गर्न सुझाव

सांसदद्वारा ज्येष्ठ नागरिकलाई सम्मान गर्न सुझाव

अखबार दैनिक
बिहीबार , असोज १५ २०८३
  • सांसदद्वारा ज्येष्ठ नागरिकलाई सम्मान गर्न सुझाव

    काठमाडौँ, १५ असोजः प्रतिनिधिसभाको आजको शून्य समय भाग लिने सांसदले ज्येष्ठ नागरिकको अनुभव, सीप र क्षमतालाई समाजमा सही ढङ्गले उपयोग गरिनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले ज्येष्ठ नागरिकलाई समाजका अग्रज र अनुभवी व्यक्तित्वका रुपमा सम्मानजनक व्यवहार गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद समिना मियाँले ज्येष्ठ नागरिकलाई भोट बैंकका रुपमा मात्र नभई ज्ञान, सीप र अवधारणा आदानप्रदान गर्ने अग्रज व्यक्तित्वका रुपमा परिभाषित गर्न जरुरी रहेको बताउनुभयो ।    
        
    सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुर जिल्लाका अभिभावकविहीन बालबालिका र ज्येष्ठ नागरिकको राखिएका संस्थामा उहाँहरुका लागि सुरक्षित आवास, खाद्यान्न र सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद ललिता कुमारीले अग्रजलाई सम्मान गर्ने संस्कार कमजोर हुँदै गएको पाटोलाई सरकारले गम्भिरतापूर्वक लिन आवश्यक रहेको बताउनुभयो ।    
        
    सांसद ध्रुवराज राईले जनताको सार्वभौम सम्पन्न उच्च निकायका रुपमा रहेको सदनमा जनप्रतिनिधिले उठाएका विषयलाई सरकारले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।    
        
    सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारले जनचाहना र देशको हितका पक्षमा प्रभावकारी रुपमा काम गर्नुपर्नेमा त्यो नभएको विचार प्रकट गर्नुभयो ।    
        
    सांसद लेखजङ्ग थापा बुटवल क्षेत्रका जीर्ण अवस्थाका सिँचाइ संरचनाको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद विक्रम थापा छोटी भन्सारबाट हुने निकासी र पैठारीलाई व्यवस्थित गराउन सरकारसँग माग गर्नुभयो ।    
        
    सांसद विपीनकुमार आचार्यले नेपाली मुद्राको मौलिकखाले नमुना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद विष्णुमाया विकले छलफलका लागि तय भइसकेका कार्यसूची हटाइँदा सदन शोभनीय नहुने बताउनुभयो ।    
    सांसद शम्भुकुमार यादवले चुरेक्षेत्र अत्यधिक दोहनका कारणले सिरहाको गोलबजारमा खानेपानीको समस्या उत्पन्न भएको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शम्भुप्रसाद ढकालले यस वर्ष धानको समर्थन मूल्य समयमै तोक्न सरकारसँग माग गर्नुभयो ।    
        
    सांसद शिवशङ्कर यादवले मधेस प्रदेशका अधिकांश शिक्षकले महिनौँसम्म तलब नपाउनको कारण के हो भनी सरकारसँग जानकारी माग गर्नुभयो ।    
        
    सांसद शोभा खनालले देशका होनाहार युवाले स्वदेशमा रोजगारी नपाएपछि कतिपय विदेशी सेनामा भर्ना भई जब युद्धमा होमिनुपर्ने बाध्यता अन्त्य गर्न सरकारसँग माग गर्नुभयो । सांसद श्रद्धा कुँवरले कुनै व्यक्तिमाथि उजुरी गर्दैमा दोषी करार गर्न नहुने बताउनुभयो ।    
        
    सांसद श्रीधर पोखरेलले शून्य समयमा आएका महत्वपूर्ण विषयलाई सरकारले गम्भीरताका साथ लिइ सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।    
        
    सांसद श्रीराम न्यौपानेले नेपाली युवालाई वैदेशिक अध्ययन र रोजगारीमा जाने परिपाटीको अन्त्य गर्ने व्यावहारिक कार्यक्रम ल्याउन माग गर्नुभयो ।    
        
    सांसद सन्तोष राजवंशीले वर्तमान सरकारले जनअपेक्षाअनुरुप सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका क्षेत्रमा प्रभावकारी रुपमा काम गरिरहेको धारणा व्यक्त गर्नुभयो ।    
        
    सांसद समीक्षा बाँस्कोटाले २० वर्षदेखि थन्किएका न्यायको पखाइसँग जोडिएका सङ्क्रमणकालीन न्यायसम्बन्धी फाइल तत्कालै अघि बढाउन सरकारसँग माग गर्नुभयो ।    
        
    सांसद सरस्वती लामाले पृथ्वीराजमार्गको धादिङस्थित फुर्केखोलाको आसपासमा बेलिब्रिज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद सरिता महतोले अटिजम, दृष्टिविहीन र सुस्तश्रवणलगायतका बालबालिकालाई प्रभावित शिक्षा र रोजगारीको अवसर सुनिश्चित गराउनुपर्ने बताउनुभयो ।    
        
    सांसद साजिदा खातुन सिद्धिकीले राज्यका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिमा भएका कमीकमजोरीलाई सुधार्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद सीताराम साहले वैदेशिक रोजगारीमा जाने युवा विभिन्न कारणले ठगिने प्रवृत्ति रहेकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद सिर्जना श्रेष्ठले नेपालीको महान चाडपर्व नजिकिँदै गरेका बेला सडक सञ्जाल अवरुद्ध भएको बहानामा दैनिक अत्यावश्यक खाद्यवस्तुको मूल्यवृद्धि गरिएकाले त्यस्ता गविविधि रोक्न सरकारलाई ठोस कदम चाल्न आग्रह गर्नुभयो ।    
        
    सांसद सुजता तामाङले जलवायु प्रकोप र खाद्य सुरक्षामा निरन्तर परनिर्भरतामा बाध्य भएको अवस्थामा वैकल्पिक बालीको संरक्षण र खोजीमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद सुनिताकुमारी चौधरीले सरकारी अस्पतालमा उपचारमा आउने सेवाग्राहीले लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद सुनिल केसीले काठमाडौँ महानगरपालिकामा यो वर्ष ‘स्ट्रिटलाइन र हाइमास’ जडान गर्न अनुरोध गर्नुभयो ।    
    सांसद सुरेशकुमार चौधरीले बाँकेमा छोटी भन्सार नहुँदा सर्वसाधारण मर्कामा परेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद शुलभ खरेलले कानुन संकायको विश्वविद्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद सुशीलकुमार कानुले नारायणी रङ्गशालाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण र खेल मैदान निर्माणका लागि बजेट प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो ।    
        
    सांसद सुशील खड्काले बागलुङ र मुस्ताङलगायत धौलागिरि अस्पतालमा अत्याधुनिक उपकरणसहितको एम्बुलेन्स व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद सुशीला ढकाल आचार्यले समाजका पछिल्लो समय बढी रहेका विकृतिका घटनाले बालबालिका र महिला असुरक्षित भएकाले पीडकलाई कडा कारबाही गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभयो ।    
        
    सांसद सुष्मा स्वर्णकारले नेपालगन्जको बागेश्वरी मन्दिरको गुरुयोजना बनाएर पुनर्निर्माण र मर्मतसम्भारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसदले सूर्यबहादुर तामाङले गरीब तथा विपन्न जनताले निःशुल्क उपचार पाउनुपर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद सृष्टि भट्टराईले स्नातकोत्तर परीक्षाको प्रश्नपत्र नेपाली भाषामा व्यवस्था गर्न सुझाव दिनुभयो ।    
        
    सांसद सोेम शर्माले बागलुङको मालढुङ्गा पुल क्षतिपछि आवतजावतमा समस्या भएको जनाउँदै त्यसलाई छिटो मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
        
    सांसद स्मृति सेञ्चुरीले समाजमा सचेतना फैलाउने चलचित्रलाई सरकारले संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । सांसद हरिमोहन भण्डारीले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घमा राख्नुभएको विषय प्रशंसनीय भएको बताउनुभयो ।    
    सांसद क्षितिज थेवेले ताप्लेजुङमा व्यवस्थित तथा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नका लागि सरकारसँग बजेटको माग गर्नुभयो ।    
        
    सांसद ज्ञानु पौडेलले महिलामा स्वास्थ्यमा स्वभाविक रुपमा हुने महिनावारीलाई समाजमा विभेदका हिसाबले हेर्न नहुने धारणा व्यक्त गर्नुभयो ।    
        
    सांसद सुम्निमा उदासले नेपालको प्रकृति प्रतिको आस्था नै सुन्दर पक्ष रहेको बताउँदै नदी, नाला र खोलालाई उनीहरुकै बहावमा बग्ने वातावरण बनाउनेतर्फ सरकारलाई काम गर्न सुझाव दिनुभयो ।
      

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ