बिहीबार , असोज १५ गते २०८३

‘पूर्वसांसद बस्नेतको निधनले स्तब्ध तुल्याएको छ’

‘पूर्वसांसद बस्नेतको निधनले स्तब्ध तुल्याएको छ’

अखबार दैनिक
बिहीबार , असोज १५ २०८३
  • ‘पूर्वसांसद बस्नेतको निधनले स्तब्ध तुल्याएको छ’

    काठमाडौँ, १५ असोज : पूर्वसांसद मञ्च, नेपालले पूर्वसासद एवं संस्थाका उपाध्यक्ष घनेन्द्र बस्नेतको निधनले मञ्च परिवारलाई स्तब्ध तुल्याएको जनाएको छ ।    
        
    मञ्चले आज एक समवेदना जारी गरी उहाँको निधनप्रति गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गरेको छ । उक्त मञ्चको उपाध्यक्षसमेत रहनुभएका बस्नेतको हिजो भतmपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।    
        
    विसं २००९ असोज २५ गते भोजपुर जिल्ला कुलुङ काम्लेटारमा जन्मिनुभएका पूर्वसांसद बस्नेत पञ्चायतको विरुद्धमा झापा आन्दोलनबाट बिद्रोह सुरु गर्नु भई १७ बर्ष जेल जीवन बिताउनु भएको थियो । त्यस क्रममा उहाँले नख्खु जेल ‘ब्रेक’ गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने एक सादगी, निडर, निर्भिक निष्ठावान नेताको छवि स्थापित गर्नुभएको मञ्चका महासचिव शङ्करनाथ अधिकारीद्वारा जारी समवेदनामा उल्लेख छ ।    
        
    मञ्चले शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शति प्राप्त होस् भनी समवेदनासमेत प्रकट गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ