मंगलबार, कात्तिक १० गते २०८३

बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते

बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते

अखबार दैनिक
सोमबार, असोज ५ २०८३
  • बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते



    ढाका,५ असोज बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।    
    आइतबार राति एक कारखाना परिसरमा पार्किङ गरिएका केही कभर भ्यानमा आगलागी भएको थियो । आशुलिया प्रहरी कार्यालयका प्रमुख मोहम्मद तारिकुल इस्लामका अनुसार कभर भ्यानबाट ग्यास सिलिन्डर झार्ने क्रममा स्थानीय समयअनुसार साँझ करिब ७ बजे विस्फोट भएको हो ।    
        
    विस्फोटपछि लागेको आगलागीमा कभर भ्यानभित्रबाट पाँच जनाको शव निकालिएको थियो भने एक जनाको नजिकैको पसलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सुरुमा १४ जना घाइते भएका थिए। तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि घाइतेको संख्या १३ पुगेको हो ।    
    प्रहरीका अनुसार आगलागी करिब राति ८ बजे नियन्त्रणमा लिइएको थियो भने १० बजेसम्ममा पूर्ण रूपमा निभाइएको थियो । उद्धार तथा खोजी कार्य राति ११ बजेर ४२ मिनेटमा सम्पन्न भएको जनाइएको छ ।    
        
    घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ