मंगलबार, कात्तिक १० गते २०८३

एक्स्ट्रिमले बढाउँदै छ खेलाडीको आत्मबल, उत्कृष्टलाई चाँदीको बल

एक्स्ट्रिमले बढाउँदै छ खेलाडीको आत्मबल, उत्कृष्टलाई चाँदीको बल

मंगलबार, कात्तिक १० २०८३
  • एक्स्ट्रिमले बढाउँदै छ खेलाडीको आत्मबल, उत्कृष्टलाई चाँदीको बल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिमइनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ दम्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ । खेलाडीकोकौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान दिने उद्देश्यलेकम्पनीले यो पहल सुरु गरेको हो ।

    आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजनसाझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदानगरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाटउत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले यो सम्मान प्राप्त गर्नेछन् । यसलेखेलको नतिजासँगै व्यक्तिगत प्रतिभा र प्रदर्शनलाई समेत महत्त्व दिनेछ ।

    एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कारको सुरुवात भइसकेकोछ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शनगरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।

    उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्दै खेलाडीमा थप उत्साह र प्रतिस्पर्धात्मकभावना जगाउने एक्स्ट्रिमको यस पहलले एनपीएलको रोमाञ्च बढाउनुकासाथै नेपाली क्रिकेटप्रतिको आकर्षण र समर्थकको उत्साहमा थप ऊर्जा दिनेअपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ