आइतबार, असोज ४ गते २०८३

सडक किनारमा नगरपालिकाको बेसार खेती

सडक किनारमा नगरपालिकाको बेसार खेती

अखबार दैनिक
आइतबार, असोज ४ २०८३
  • धनकुटा, ४ असोजः स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक किनारका खाली जग्गामा बेसार खेती थालेको छ ।    
        
    बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने लक्ष्यअनुरुप कोशी राजमार्गअन्तर्गत नगरपालिकाको सरस्वती चोक–सल्लेरी खण्डमा बेसार खेती गरिएको छ ।    
        
    नगरभित्रका विभिन्न भित्री सडक किनारमा पनि बेसार रोपिएको नगरपालिकाको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले राससलाई जानकारी दिनुभयो । हालसम्म सात रोपनीमा बेसार खेती गरिएको उहाँले बताउनुभयो ।    
        
    बाँदर आतङ्कबाट किसान प्रभावित किसान पनि बेसार खेतीतर्फ नै आकर्षित भएका छन् । बेसार खेतीका लागि नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो रु १०० का दरले १०० किलो बेसारको बीउ खरिद गरेको थियो । उत्पादन भएको बेसारको बीउ खेती विस्तार गर्न चाहने किसान, कृषक समूह तथा सामुदायिक वन समूहलाई वितरण गरिने उहाँले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ