आइतबार, असोज ४ गते २०८३

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा मधेशका ३ हजार ८१ लाइसेन्स छापिए

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा मधेशका ३ हजार ८१ लाइसेन्स छापिए

अखबार दैनिक
आइतबार, असोज ४ २०८३
  • नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा मधेशका ३ हजार ८१ लाइसेन्स छापिए

    काठमाडौं, ४ असोज । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्स छपाइको काम सुरु गरेको छ।

    सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले यातायात व्यवस्था विभागले नयाँ प्रणालीमार्फत छपाइ सुरु गरेको हो।

    नयाँ प्रणालीमा सेवाग्राहीको विवरण ईडीएलभीआरएसमा अपलोड भएपछि सो विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र त्यहाँबाट लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।

    पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।

    प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था पनि गरिएको छ। सोहीअनुसार मधेश प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबार सम्झौता गरी छपाइ सुरु गरेको छ।

    प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइएको छ।

    नयाँ प्रणाली कार्यान्वयनमा आएपछि प्रदेशअनुसार लाइसेन्स छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ