आइतबार, वैशाख ३० गते २०८१

देशलाई संघीयता आवश्यक छैन र थिएन – पूर्वमन्त्री बास्कोटा

देशलाई संघीयता आवश्यक छैन र थिएन – पूर्वमन्त्री बास्कोटा

अखबार दैनिक
सोमबार, कात्तिक २४ २०७७
  • देशलाई संघीयता आवश्यक छैन र थिएन – पूर्वमन्त्री बास्कोटा

    कात्तिक २४,

    images

    पूर्व सञ्चारमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सदस्य गोकुल बास्कोटाले देशलाई संघीयता आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

    गत शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बास्कोटाले द्वन्द्व व्यवस्थापनका लागि मात्र संघीयता मान्दिनु परेको टिप्पणी गरेका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाएर ‘नेपाल’ मात्र लेख्ने सरकारको निर्णयको बचाउ गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम । यस्मा चै के प्रतिगमन भएछ हँ ?’ उनले लेखेका छन्, ‘प्रदेशहरु खारेज भएको त छैन । द्वन्द्व व्यवस्थापनका लागि मान्दिनु परेको न हो । देशलाई खाँचो त थिएन सङ्घीयता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन । कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ