मंगलबार, कात्तिक १० गते २०८३

एनपीएलको ओटीटी अधिकार नेटटीभीलाई, १८ करोड ४ लाखमा लगायो बाजी

एनपीएलको ओटीटी अधिकार नेटटीभीलाई, १८ करोड ४ लाखमा लगायो बाजी

अखबार दैनिक
सोमबार, भदौ २२ २०८३
  • एनपीएलको ओटीटी अधिकार नेटटीभीलाई, १८ करोड ४ लाखमा लगायो बाजी

    काठमाडौं, २२ भदौ — नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटीतर्फको प्रसारण अधिकार नेटटीभीले प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खोलेको बोलपत्रमा सबैभन्दा बढी रकम कबुल गरेपछि नेटटीभीले अधिकार पाएको हो।

    नेटटीभीले ओटीटी प्रसारण अधिकारका लागि १८ करोड ४ लाख रुपैयाँ (करबाहेक) कबुल गरेको छ। प्रतिस्पर्धामा रहेको डीगो स्ट्रिमले भने १७ करोड रुपैयाँ (करबाहेक) प्रस्ताव गरेको थियो।

    एनपीएलको ओटीटी अधिकारका लागि वर्ल्डलिंकको लगानी रहेको नेटटीभी र डी–होमको लगानी रहेको डीगो स्ट्रिमले मात्र बोलपत्र पेश गरेका थिए।

    नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीले कम्पनीले सबैभन्दा बढी रकम कबुल गरेको र क्यानबाट औपचारिक प्रक्रिया पूरा भएपछि अधिकारको पुष्टि हुने बताए।

    क्यानले ओटीटी प्रसारण अधिकार प्राप्त गर्ने कम्पनीलाई नेपालभित्र करसहित अधिकतम ४ सय रुपैयाँ, खाडी मुलुकबाट ६ सय रुपैयाँ तथा अन्य मुलुकबाट १० अमेरिकी डलर शुल्क लिएर ग्राहक बनाउन सक्ने व्यवस्था गरेको छ।

    यससँगै आगामी एनपीएलको डिजिटल तथा ओटीटी प्रसारणबाट दर्शकले नेपालसहित विदेशबाट समेत शुल्क तिरेर प्रतियोगिता हेर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ