शनिबार, जेठ ५ गते २०८१

कक्षा १२ को परीक्षा डेढ घन्टाको मात्रै हुने

कक्षा १२ को परीक्षा डेढ घन्टाको मात्रै हुने

अखबार दैनिक
आइतबार, कात्तिक १६ २०७७
  • कक्षा १२ को परीक्षा डेढ घन्टाको मात्रै हुने

    कात्तिक १६,

    images

    कोरोना त्रासको कारण रोकिएको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सुरु हुँदै छ । यस वर्ष परीक्षाका लागि पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । डेढ घन्टामै हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको हो ।

    राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँन लागेको हो । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ । २० प्रतिशत अंक आन्तरिक मूल्यांकनबाट थपिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार पुरानै मोडेलमा भए पनि प्रश्न संख्या घट्ने छ ।

    सरकारले परीक्षा सञ्चालनमा सहमति दिएपछि ९ मंसिरदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको हो । ८ वैशाखदेखि सञ्चालन हुने तय भएको परीक्षा कोरोना संक्रमण बढेपछि स्थगित भएको थियो। नयाँ तालिकाअनुसार बिहान ८ देखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्ष कक्षा–१२ को फारम भरेका सबै विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । त्यसअनुसार देशभर चार हजार एक सय पाँचवटा परीक्षा केन्द्र कायम भएका छन् ।

    विद्यार्थी आफैँले पढेको विद्यालयमा पुग्न सम्भव नभएमा हाल विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयबाटै परीक्षा लिने व्यवस्थासमेत मिलाइएको छ ।

    यस वर्ष कक्षा–१२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन् ।

    सरकारले एसइई र कक्षा ११ का विद्यार्थीका लागि भने परीक्षाबिनै माथिल्लो कक्षामा अध्ययन गर्न पाउने व्यवस्था गरिसकेको छ । एसइई र कक्षा ११ का विद्यार्थीका लागि भने आन्तरिक मूल्यांकनकै आधारमा माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार