शनिबार, जेठ ५ गते २०८१

राजधानीका विद्यार्थी नेता सोझै शैक्षिक माफियासँग सम्झौता गर्छन् : मिनराज आचार्य

राजधानीका विद्यार्थी नेता सोझै शैक्षिक माफियासँग सम्झौता गर्छन् : मिनराज आचार्य

अखबार दैनिक
शुक्रबार, कात्तिक ७ २०७७
  • राजधानीका विद्यार्थी नेता सोझै शैक्षिक माफियासँग सम्झौता गर्छन् : मिनराज आचार्य

    कार्तिक ७,

    images

    १. जुम्लाबाट काठमाडौं पढ्न आएको मान्छे राजनितिसँग प्रत्यक्ष कसरी घनिभूत हुनुभयो ?

    सर्वप्रथम त म बिद्यार्थी राजनीतिसँग प्रत्यक्ष जोडिएको काठमाडौं भित्रीएपछी नै हो । यद्यपि मेरो राजनैतिक चेतना र चेतको जग भने जनयुद्धनै मान्छु ।

    मेरो विद्यार्थी राजनितीको यात्रा औसतभन्दा स्तरीय ठान्दछु । वि.ए.एल्.एल्.वी अध्ययन गर्न काठमाडौं आएसँगै मैले मार्क्स, लेनिन, माओ, चे ग्वेरा लगायत विचार र समाज बदल्ने संघर्षहरुको बारेमा अध्ययन गर्ने मौका पाए । यो सँगै प्रजातन्त्र, गणतन्त्र, समाजबाद, साम्यवाद देखि समाजलाई हेर्ने विभिन्न बैज्ञानिक दृष्टिकोणबारे थुप्रै अध्ययन गर्ने मौका पाए र यहि बिन्दुले नै मलाई राजनितीक अनिवार्यतामा सक्रिय गरायो ।

    २. तपाई त लामोसमय राजधानी बसेर बिद्यार्थी राजनितीलाई नजिकबाट नियालेको मान्छे, अब त्यहाँको परिपाटीलाई जुम्लामा बसाउन सकिएला त ?

    जुम्ला र राजनधानीमा भौगोलिक रुपमा विविधता देखियतापनी म दुवैमा एकरुपता देख्छु । उही पहाड, चिसोचिसो मौसम, हावापानी तर विकासको फड्को र आम जनमानसमा राज्यप्रतीको दृष्टिकोणमा भने आकाश पातलको फरक छ । राजधानीले सत्ता र शक्तिलाई नजिकबाट नियालिरहँदा जुम्ला यी यावत् कुराहरुबाट चहाँदा-चहाँदै बञ्चित छ । जनयुद्ध पछि भने जुम्लाले केहिहदसम्म फड्को मारेको स्वीकार गर्न म पछि पर्दिन । राजधानीमा शैक्षिक क्षेत्रमा बढदो निजीकरण छ । तर जुम्लाका बहुसंख्यक बिद्यार्थीहरु सार्वजनिक शिक्षाको पहुँचमा छन् । तर यसो हुँदाहुँदै पनि यी दुई बिच फरकफरक पाठयक्रम, मनोविमर्श र मनोबैज्ञानिक अधिकारक्षेत्रको भिन्नता प्रष्ट छुट्टीन्छ । र जुम्लाको रामबहादुर र बिनोद चौधरीको भोटको मूल्य एउटै हुन्छ भने उनिहरुको बालबच्चाले किन एउटै पाठ्यक्रम र वातावरणमा पढ्न नपाउने भन्ने कुरा खड्किरहन्छ ! राज्यको नजरमा जुम्ला र काठमाडौंलाई हेर्ने नजरिया जबसम्म एक हुँदैन तबसम्म जुम्ला आफैंमा सक्षम त हुन्छ नै तर विश्वमानचित्रमा आफुलाई उभ्याउन बढी परिश्रम र समय व्यतीत गर्नेपर्ने हुन्छ ।

    ३. राजधानी र मोफसलमा बिद्यार्थी राजनितिमा के कस्ता मतान्तर पाउनुहुन्छ ?

    हो तपाईले पनि मोफसल भनेर ईंकित गरिहाल्नुभयो । काठमाडौंले जुम्लालाई, जुम्ला नभई मोफसल भनेर मात्र चिन्छ । अरु आफुलाई एकातिर राखेर अर्कातिर सबैलाई अटाउन खोज्छ अनि कसरी जुम्लाको माग सम्बोधन होला त ?

    अनि अहिलेको विद्यार्थी राजनीति वास्तवमा भन्ने हो भने दिशा बिहिन साथसाथै औंचित्यहिन छ । यस्तो रुग्ण विद्यार्थी आन्दोलनको लेखाजोखा गर्दा कतैपनि औचित्यपूर्ण कामकारबाही भएको म देख्दिन । त्यसैले पनि राजधानी-मोफसल कतैपनी बिद्यार्थी राजनितीको समानता-भिन्नताबारे बहस गर्ने बिन्दुमा हामी पुगेका छैनौं । तर मुख्य र मैले जोड्नैपर्ने विषय चाहिँ के हो भने राजधानी यसअर्थमा जुम्लाभन्दा पृथक छ कि यहाँ विद्यार्थी नेताले सोझै शैक्षिक माफियासँग सम्झौता गरेका अनेकन समाचार पढ्न पाउँछौं त्यो जुम्लामा अपवादमा बाहेक सुन्ने अवसर मिल्दैन । यसैले गर्दा राजधानीको शैक्षिक स्थिति खस्कँदो छ भने यसको जड भोलिका दिनमा जुम्लासम्म नपुग्ला भनेर म भन्नै सक्दिन ।

    ४. तपाई त लामोसमय देखि बिद्यार्थी राजनितिमा सकृय हुनुहुन्छ, अबका दिनहरु कस्तो रहलान् ?

    म एक सामान्य मध्यम बर्गिय परिवारको प्रतिनिधित्व गर्छु । संघर्षपूर्ण जीवन बाँच्न अभ्यस्त भएकोले निश्चयनै अबका दिनहरू संघर्षपूर्ण रहनेछन् । एकातिर पेशागत अर्को तिर घर परिवार समाज सबैलाई एकै साथ समाल्नुपर्ने जिम्मेवारी म मा छ । जिम्मेवारी निभाउन म कर्तब्यनिष्ठ भएर लाग्नुको विकल्प छैन । परिणाम समयले देखाउनेनै छ ।

    ५. पार्टी एकताको लामो समय भैसक्दा पनि भातृ संगठनहरुको एकता प्रकृयावद्द ढंगले अगाडी बढ्न सकिरहेको छैन, किन होला ?

    पार्टी एक बैचारिक संस्था हो । यो निश्चित विधि र पद्धतिले चलायमान हुन्छ । केही समययता पार्टी विधि र बिधानभन्दा निकै नै बाहिर छ । नेताहरुका सहमति र सहकार्य समाजिक सन्जालमा देखिने ट्रोल भन्दा तल्लो स्तरमा स्खलित हुँदैछनन् । त्यसैले हाम्रो गौरवशाली पार्टीले निभाउनुपर्ने जिम्मेवारी निकै सुस्त र हेल्चेक्राईपूर्ण देखियो । यसले राम्रो संकेत पक्कै गर्दैन । भातृ संगठनको कुरा गर्नेहो भने त झनै कोमामा निदाईरहेको अवस्थामा छन् । युवावर्ग हरुमा न कुनै निश्चित बिचार छ न कुनै कार्यक्रम छ न असल दिशानिर्देश भैरहेको छ । त्यसैले पार्टीको उर्दी कुर्ने र भागबन्डाकै भरपर्ने परिपाटीले बिद्यार्थी आन्दोलन धरासायी बन्दै जान्छ ।

    ६. अब तपाईंको कार्यदिशा कतातर्फ र के मा वस्तुकेन्द्रित हुनेछन् ?

    अबका दिनहरु हिजोका भन्दा निकै फरक रहनेछन् ।पहिलोकुरा त म स्नातक तहको अन्तिम बर्षमा छु यो सँगसँगै स्नातक सक्काएर कानुन व्यवसायीको रुपमा आफुलाई सक्रिय गराउँछु । दुर्गम पिछडिएका एवम उत्पीडित समुदायको पक्षमा वकालत गर्नेछु भन्ने संकल्प लिएको छु ।

    दोस्रो त, म मेरो गौरशाली संगठन अनेरास्ववियूले सुम्पेको जिम्मेवारी जिल्ला अधिवेशन सँगसँगै केन्द्रिय कमिटीको यात्रा तय गर्नुपर्ने छ । स्नातकोत्तर को अध्यन सुरु गर्नेपर्ने साथसाथै अन्य शैक्षिक कार्ययोजना मानसपटलमा बुनेको छु । मुख्यतः राजनिती, समाजसेवा र शिक्षालाई सँगसँगै लैजान पाए सार्थक जीवन विताउन सकिन्छ भन्ने मेरो विश्वास छ ।

    आचार्य लामोसमयदेखि बिद्यार्थी राजनितीमा सक्रिय हुनुहुन्छ । हाल उहाँ अनेरास्ववियू जुम्लाको संयोजक हुनुहुन्छ र ललितपुर स्थित नेश्नल ल कलेजमा स्नातक अन्तर्गत पाँच वर्षे बिए.ए.एल्.एल्.बि अध्ययनरत हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार