आइतबार, वैशाख ३० गते २०८१

झलनाथ खनालले फिर्ता गरे दसैं भत्ता

झलनाथ खनालले फिर्ता गरे दसैं भत्ता

अखबार दैनिक
मंगलबार, कात्तिक ४ २०७७
  • झलनाथ खनालले फिर्ता गरे दसैं भत्ता

    कार्तिक ४,

    images

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले दसैं भत्ता फिर्ता गरेका छन् ।

    उनले संघीय संसद सचिवालयलाई सोमाबार पत्र पठाउँदै दसैं भत्ता फिर्ताको जानकारी गराएका हुन् । खनालले दसैं भत्तावापत आफ्नो खातामा आएको रकम चेकमार्फत् संसद सचिवालयलाई फिर्ता गरेका हुन् । उनले महामारीका बेला दसैं खर्चको नाममा दिइएको सुविधा अनुचित लागेको पनि बताएका छन् । खनालले उक्त रकम जनताको उपचार तथा कोरोनाविरूद्ध लड्न राज्यलाई सहयोग होस् भनेर आफूले फिर्ता गरेको बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ