४ कात्तिक , काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एबम प्रबक्ता नारायणकाजी श्रेष्ठको सचिवालय अन्तरगतको कोभिड-१९ स्वमसेवाले गोरखामा चाडपर्ब केन्द्रित कोभिड-१९ सचेतना अभियान सोमबारबाट सुरु गरेको छ ।
यस अभियान अन्तरगत गोरखा सदरमुकामको हरमटारी चोक, बार्हकिलो र पालुङटारमा सहायता कक्ष संचालनमा ल्याएको स्व्यमसेवी विकास ढकालले जानकारी दिए ।
गोरखाका सबै पालिकामा घरघरमा चाडपर्वको शुभकामना सहित सचेतनामुलक प्रचार सामाग्रीहरु वितरण गर्ने कार्यक्रम रहेको समेत ढकालले जानकारी दिए ।
कोभिड संक्रमणको जोखिमबाट सुरक्षीत रहि चाडपर्व मनाउन जनहितका लागि सिभिएसले सबैमा आपिल गरेको छ ।
सिभिएसले आफ्नो स्थापना भएपछि कोभिड १९ उपचार सम्बन्धि प्रक्रिया र उद्धारमा सहयोग, समन्वय र सहजीकरण महत्त्वपूर्ण काम गर्दै आइरहेको छ ।