आइतबार, वैशाख ३० गते २०८१

सरकारले सांसदको पनि बेईज्जत गर्‍यो : प्रकाशमान

सरकारले सांसदको पनि बेईज्जत गर्‍यो : प्रकाशमान

अखबार दैनिक
सोमबार, कात्तिक ३ २०७७
  • सरकारले सांसदको पनि बेईज्जत गर्‍यो : प्रकाशमान

    कार्तिक ३,

    images

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकातिर जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् ।

    सांसदहरुको खातामा दशैंभत्ता पठाइदिएर सरकारले सांसदहरुलाई जनताको नजरमा बदनाम गर्ने दुराशय राखेको नेता सिंहको आरोप छ । उनले यसविरुद्ध कांग्रेस उभिने पनि बताएका छन् । पूर्वउपप्रधानमन्त्री सिंहले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ । महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’

    काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य बनेका नेता सिंहले दशैंभत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने बताएका छन् । साथै नेपाली कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर आफूजस्तै सांसदहरुलाई पनि बदनाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन पनि उनले आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ