मंगलबार, जेठ ८ गते २०८१

गुटगत राजनितिले ध्वस्त कर्णाली प्रदेश

गुटगत राजनितिले ध्वस्त कर्णाली प्रदेश

अखबार दैनिक
बुधबार, असोज २८ २०७७
  • गुटगत राजनितिले ध्वस्त कर्णाली प्रदेश

    असोज २८,

    images

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा भागबण्डाको राजनीतिक प्रवृत्तिका कारण पार्टी र नेताहरूले भन्ने गरेको विधि, विधान, पद्धति र प्रक्रियाका कुरा आफैंमा व्याङ्ग्य झैं बनेको आभाष आम जनमानसमा हुन थालेको छ ।

    झण्डै ५ महिना केन्द्रको भागबण्डामा कुरा नमिल्दा पार्टी नै फुटको सँघारमा पुगेका बेला भदौ २६ गतेको स्थायी समितिले टालटुल पारे पनि केन्द्रको जस्तै रोग एक महिना नबित्दै कर्णाली प्रदेशमा देखियो । यो रोग निवारण गर्न प्रदेशदेखि केन्द्रीय तहका नेताहरूले समेत निकै ठूलो पापड बेल्नुपर्यो । अन्ततः केन्द्रकै सिको गर्दै भागबण्डा मिलाएर प्रदेशमा पनि विवाद तत्काललाई टर्न पुग्यो र पुनः प्रदेशका कारण फुटको सँघारमा पुगेको पार्टी त्यसबाट भने जोगियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ