शुक्रबार, जेठ ४ गते २०८१

प्रचण्ड फेरी झुके ओली सामु : कर्णालीको अविश्वास प्रस्ताव रोकिदिन आग्रह

प्रचण्ड फेरी झुके ओली सामु : कर्णालीको अविश्वास प्रस्ताव रोकिदिन आग्रह

अखबार दैनिक
सोमबार, असोज २६ २०७७
  • प्रचण्ड फेरी झुके ओली सामु  : कर्णालीको अविश्वास प्रस्ताव रोकिदिन आग्रह

    आश्विन २६

    images

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् र कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका छन् ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन आइतबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

    अध्यक्ष प्रचण्डले भने अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त्त प्रस्ताव रोकिदिन आग्रह गरेका छन् । ‘अविश्वासको प्रस्ताव दर्ता हुने, मुख्यमन्त्री हट्ने कुराले राम्रो सन्देश जाँदैन’, प्रचण्डको आग्रह उदृत गर्दै बैठक स्रोतले अखबारदैनिकलाई जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले भने अविश्वासको प्रस्तावबारे ठोस जवाफ नदिएको प्रचण्ड निकट स्रोतले अखबारदैनिकलाई बतायो ।

    आइतबार नेकपाकै १८ सांसदले मुख्यमन्त्रीशाही विरुद्ध अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा बुझाएका छन् । ४० सदस्यीय प्रदेशसभामा नेकपासँग ३३ सांसद छन् । ३३ मध्ये पूर्व माओवादीका १३, ओली खेमाका १२ र नेता नेपाल खेमाका आठ सांसद छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा ओली तर्फका आठ, नेता नेपाल तर्फका सात सांसद र पूर्व माओवादीका तीन सांसद छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ