शुक्रबार, जेठ ४ गते २०८१

सुदुरपश्चिम प्रदेशको गौरव योजना मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदुरपश्चिम प्रदेशको गौरव योजना मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

अखबार दैनिक
सोमबार, असोज २६ २०७७
  • सुदुरपश्चिम प्रदेशको गौरव योजना मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

    आश्विन २६, धनगढी

    images

    डोटीको बुडर–जोरायल हुँदै गड्सेरा जोड्ने सडक कालोपत्रे गर्ने कार्यको मुख्यमन्त्री भट्टले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । सडकका उद्धाघाटन गर्दै मुख्यमन्त्री भट्टले सुदुरपश्चिम प्रदेश सरकार जनताको घरदैलोमा पुगिरहेको र जनताले विकासको प्रत्यक्ष अनुभूति गरिने गरी काम भईरहेको बताए । योसँगै अब गाउँ गाउँमा नमुना सडक निर्माण गर्दै कृषि विकासमा नयाँ आयाम ल्याउने प्रतिवद्दता पनि जाहेर गरे ।

    बुडर देखि सिलगढी सम्म ८४ किलोमिटर सडक मध्ये हाल सत्र किलोमिटर सडक कालोपत्रे गर्नेगरि ठेक्का सम्झौता भएको र बाकी क्रमस: रुपमा सम्झौता हुने पुर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले अखबारदैनिकलाई जानकारी दिए । सडक निर्माण गरिएपछि डोटिको दक्षिणी क्षेत्रका जोरायल गाउँपालिका, के.आई.सिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिका नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा पनि जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ