शुक्रबार, जेठ ४ गते २०८१

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावले नेकपामा तरङ्ग, खुमलटारमा माधव-प्रचण्ड पक्षको गोप्य भेला

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावले नेकपामा तरङ्ग, खुमलटारमा माधव-प्रचण्ड पक्षको गोप्य भेला

अखबार दैनिक
सोमबार, असोज २६ २०७७
  • मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावले नेकपामा तरङ्ग, खुमलटारमा माधव-प्रचण्ड पक्षको गोप्य भेला

    mahendra-bahadur-shahi.jpgआश्विन २६

    images

    सत्तारूढ दल नेकपा कर्णाली प्रदेश संसदीय दलका बहुमत सदस्यहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि केन्द्र पार्टी तरङ्गित बनेको छ । माथि, केन्द्रका नेताहरूसँग कुनै परामर्श, छलफल नगरी एक्सन लिएपछि नेकपाभित्र साम्य हुन लागेको विवाद पुनः बल्झने खतरा बढेको हो ।

    नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका थिए । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका थिए ।

    कर्णाली प्रदेशका सांसदहरूले आफु निकट मुख्यमन्त्री माथी विद्रोह गर्न थालेको देखेपछी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट केहि नेता र केन्द्रीय सदस्यहरूलाई बोलाएर परामर्श गरेको स्रोतको दाबी छ ।

    प्रचण्ड निवास खुमलटारमा सोमबार बिहानै कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसहितको गोप्य बैठक बसेको थियो । उक्त्त बैठकमा प्रदेश इन्चार्ज जनार्दन शर्मासहित, पूर्वमाओवादी समूहका वर्षमान पुनसहित अधिकांश माथिल्लो तहका नेताहरू सहभागी थिए । वरिष्ठ नेता माधव नेपाल निकट केन्द्रीय नेताहरू पनि थिए । त्यसपछि नेकपाका उच्चतहका नेताहरूको बैठक बसेको थियो। बैठकमा को–को थिए भनेर विस्तृतमा खुलाइएको छैन ।

    खुमलटार भेलालगत्तै ओली र प्रचण्ड छलफलमा छन् । सम्भवतः ओली, प्रचण्डले यस विषय किनार लगाउने भेटमा सहभागी एक नेताले अखबारदैनिकलाई जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ