बिहीबार , वैशाख २७ गते २०८१

सरकारको आग्रह : उपत्यकामा कोरोनाबाट बाँचौं र बचाऔं

सरकारको आग्रह : उपत्यकामा कोरोनाबाट बाँचौं र बचाऔं

अखबार दैनिक
बुधबार, असोज २१ २०७७
  • सरकारको आग्रह : उपत्यकामा कोरोनाबाट बाँचौं र बचाऔं

    असोज २१,

    images

    मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनको क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपत्यकामा कोरोना भाइरसको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’

    दशैं नेपालिहरुको प्रमुख चाड भएकोले पनि पारिवारिक आवतजावत बढी हुनेभएकोले कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । अरु बेला जस्तो काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोरा गर्दा संक्रमण पनि ओहोर दोहोर गर्न भन्दै उनले सतर्क रहन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ