बिहीबार , वैशाख २७ गते २०८१

प्रधानमन्त्रीलाई कोरोना थ्रेट

प्रधानमन्त्रीलाई कोरोना थ्रेट

अखबार दैनिक
बुधबार, असोज २१ २०७७
  • प्रधानमन्त्रीलाई कोरोना थ्रेट

    असोज २१,

    images

    नेपाली राजनीतिको मुख्य धरोहर मानिने प्रधानमन्त्री निवास बालुवाटार अचानक कोरोनाको चपेटामा परेको छ । प्रधानमन्त्रीका दाहिने हात मानिने प्रमुख सल्लहकार बिष्णु रिमाल्, सुर्य थापा, राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी लगायतलाई कोरोना संक्रमण पुष्टी भएसँगै प्रधानमन्त्रीलाई कोरोना थ्रेट बढेको हो । यती मात्र होइन प्रधानमन्त्रीको सुरक्षमा खटिएका अधिकांश प्रहरिमा पनि कोरोना संक्रमण देखिएको छ ।

    गत बिहीबार र शुक्रबार गरिएको सामूहिक परीक्षणमा ६७ जना सुरक्षाकर्मी संक्रमित देखिए । संक्रमितहरुमध्ये सेनाका २८, सशस्त्र प्रहरीका १८, नेपाल प्रहरीका १९ र अनुसन्धान विभागका दुईजना छन् । उनीहरु सबै अहिले आइसोलेसनमा बसिरहेका छन् । प्रधानमन्त्री आफैं पनि अलि अस्वास्थ्य भएकोले पनि उनलाई यसको थ्रेट महसुस गरिएको हो ।

    अखबारदैनिक सँग बोल्दै एक बालुवाटार श्रोतले बताए अनुसार, "प्रधानमन्त्रीले सुरक्षा उपायहरु अपनाए पनि बालुवाटारमा भेटघाट र बैठकहरु रोकेका छैनन् । कोरोना भित्रिएपछि पनि त्यहाँ जमघट भइरहेका छन् ।"

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ