शनिबार, वैशाख १५ गते २०८१

ग्रामीण पर्यटन र होमस्टे कार्यक्रममा प्रदेश सरकारले चालेको कदम

ग्रामीण पर्यटन र होमस्टे कार्यक्रममा प्रदेश सरकारले चालेको कदम

अखबार दैनिक
शनिबार, असोज १७ २०७७
  • ग्रामीण पर्यटन र होमस्टे कार्यक्रममा प्रदेश सरकारले चालेको कदम

    जुद्ध वहादुर गुरुङ

    images

     

     


    विगतमाझै विश्व पर्यटन दिवसको सन्दर्भमा हामी विभिन्न सभा, गोष्ठी, अन्तरक्रिया, भ्रमण लगायतका कार्यक्रमहरु कोभिड १९ का कारण गर्न पाइदैनन् । संयुक्त राष्ट्रसंघिय विश्व पर्यटन संघले विगतका वर्षमाझै यस पटक पनि Tourism and Rural development भन्ने नारा तय गरे अनुरुप  पर्यटन दिवस आ—आफ्नो तवर बाट मनाईयो । यस नाराले शहर केन्द्रित पर्यटन गतिविधिलाई ग्रामिण वस्तीहरु तर्फ उन्मुख वा प्रेरित गराउन निर्देश ग¥यो । यसै सन्दर्भमा गण्डकी प्रदेश सरकारले तय गरेको घरवास कार्यक्रमले सार्थकता लिएको प्रमाणित हुन्छ । 
    सरकारी वा गैर सरकारी काम वा घुम्नका लागि ग्रामीण क्षेत्रमा पुगेका पाहुना वा आगन्तुकलाई आधारभूत वास र खानाको व्यवस्था होस भन्ने उद्देश्यले सिर्जित कार्यक्रम हो घरवास कार्यक्रम । गाउँमा पुग्ना साथ पराम्परागत स्थानिय विधिले हार्दिक आतिथ्यता, वास वस्नको लागि शुद्ध र सफा, स्थानीय कृषि उत्पादनमा आधारित खाना, सफा ओछ्यान र बाथरुमको व्यवस्था घरवास कार्यक्रमले गर्दै आएका थिए । यही कारण घरवास कार्यक्रम चर्चित हुदै पर्यटन गतिविधिको आधार तयार भई विस्तार पनि भईरहेको छ । आगन्तुकको चाप वढ्दै जादा यसलाई व्यापारीकरण स्वरुप होटल वा रिर्सोटको रुपमा विकासित हुन सक्ने आधार पनि तयार हुदै जान्छ । फलस्वरुप घरवास कार्यक्रममा सिकेका सीप र सिर्जना भएका पुजीँले होटेल तथा रेष्टुरेन्टहरुको विकास हुदै गएको छ । आजभोली स्थानीयले पर्यटकको वसाई लम्ब्याउन लोक संस्कृतिमा आधारीत सांस्कृतिक कार्यक्रम, पहिचनाका लागि संग्राहलयहरुको निर्माण, यात्रा सहजीकरणका लागि पदमार्ग निर्माण, स्थानीय सीप र सामग्रीहरुको उपयोग गरी उपहार उत्पादन साथै विक्रि कक्ष, पर्यटकिय आर्कषक केन्द्रहरुको विकास लगायत विभिन्न गतिविधिहरु संचालन गर्दै आएका छन् । होमस्टे अर्थात घरवासले ग्रामीण अर्थतन्त्रमा योगदान पु¥याई जनताको जीवनस्तर उठाउन ठुलो मद्दत गरेको छ । 
    वितेका दुई दशक अघि देखिनै गण्डकी प्रदेशका विभिन्न खास खास समुदायका गाउँ वस्तीहरुमा समुदायका अगुवाहरुले नीजि तथा सामुदायिक घरवास कार्यक्रम स्थापित गरेका थिए । यस कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले अझ श—सक्त वनाउन निश्चित मापदण्ड र आधारहरु वनाई सामुदायिक घरवास कार्यक्रमलाई प्राथमिकतामा राखि अझ वृहत वनाएको छ । गण्डकी प्रदेश सरकारले आ.व.२०७५०७६ को नीति तथा कार्यक्रममा लगभग ३०० घरवास कार्यक्रमका लागि प्रति घरवास १० लाखका दरले अनुदान उपलब्ध गराउन कुल ३० करोड रुपैया स्वीकृत गरेको थियो । प्रदेश सरकारले कार्यविधि तयार गरी सार्वजनिक सूचना प्रकाशित गरे अनुसार तोकिएको मापदण्ड पुरा गरेका २७४ सामुदायिक घरवासले मात्र कार्यक्रमको अनुदान प्राप्त गर्न सफल भएका थिए । घरवास कार्यक्रमलाई थप वल पुग्ने पर्यटकिय आर्कषण केन्द्रहरु निर्माण तथा व्यवस्थापनमा सहयोग पुग्ने लगायत भौतिक पूर्वाधारका लागि आवश्यक संरचनाहरु जस्तै पदमार्ग, बगैचा, सामुदयिक भवन, संग्राहलय, कोसेली घर, इन्टरनेटको सुविधा, पुलहरु लगायतका संरचना निर्माणका लागि लक्षित गरिएको थियो । यस कार्यक्रम अन्तर्गतका अधिकांस घरवास अनुदान सदुपयोग भएको पाईन्छ् । उक्त अनुदान बाट नयाँ उत्पादन वृद्धि मात्र नभई १३९ वटा सामुदायिक भवन, ५७ स्थानमा ५०.३ कि.मि पदमार्ग १५ स्वागतद्धार, २ पार्क तथा वगैचा निर्माण, ५ सांस्कृतिक संग्राहलय, १०७ स्थानमा अवलोकन टावर, सार्वजानिक शौचालय, इन्टरनेट, सोलार जडान, इन्सिनेटर, लगायतका पूर्वाधारका संरचना तयार भई उपयोग गरिरहेका छन् । तर सामुदयका केही व्यक्तिहरुले अनुदानका सानो हिस्सा अर्थात ५ वटा घरवास समितिले (२ प्रतिशत) अनुदान दुर्पयोग गरेको प्रतिवेदन मुख्यमन्त्री कार्यालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयुक्त अनुगमन तथा मुल्यांकन टोलीले प्राप्त गरेको छ ।

    सामान्यतया घरवास कार्यक्रम संचालन र प्रवद्र्धन स्थानीय संस्कृति, जातजातिको चालचलन, खानपिन, वोलीचाली र संस्कार तथा पर्यटकिय आर्कषणको केन्द्रहरु जस्ता पक्षहरुमा आधारित हुन्छ । अधिकांस घरवास कार्यक्रम जनजाति समुदायमा तुलनात्मक रुपमा वढी फस्टाएको पाइन्छ । उदाहरणको लागि गुरुङ समुदायमा संचालित स्याङजा जिल्लाको सिरुवारी, सुन्तलावारी, लमजुङको घलेगाउ, काउलेपानी, राइनास, तनहुँको टुटेपानी, वन्दीपुरको मोहरिया, पर्वतको चित्रे, दुर्लुङ, भुकाताङले, मनाङ जिल्लाको ओडर सामुदायिक घरवास कार्यक्रम, कास्कीको टुसे, कालावाङ, ल्वाङ, याङजाकोट, गोरखाको बारपाक र लाप्राक, यसैगरी थारु वा चौधारी समुदायद्धारा संचालित नवलपुरको अमलटारी,चिलाह रतौल, मगर समुदायद्धारा संचालित वाग्लुङको भकुण्डे, म्याग्दीको नागी, झी, नारच्या साथै थकाली समुदायमा मुस्ताडको ठिनी इत्यादी प्रख्यात तथा उदाहरणीय घरवासहरु हुन् । गैर जनजाती समुदायद्धारा संचालित घरवास कार्यक्रम त्यत्ती राम्रो सँग संचालन भएको पाइदैन् ।
    थारु समुदायद्धारा संचालित अमलटारी घरवास कार्यक्रममा वस्नका लागि पर्यटकले पूर्व सूचना गर्नु पर्दछ ।  पर्यटक पुगेर सामुदायीक भवनमा अवस्थित कार्यालयमा पर्यटकको नाम दर्ता भए पछि यस कार्यक्रममा अवद्ध सदस्य घरहरुलाई क्षमता अनुसार पालै पालो विना भेदभाव पाहुना वितरण गरिन्छ । प्रति पाहुन प्रति रातको खाना र वस्नको लागि समितिले तोकेको रु १,००० तिर्नु पर्दछ । यसरी वर्षमा लगभग २०  हजार पर्यटक पुगेको तथ्याकं पाइन्छ । यसैगरी स्याङजाको सिरुवारी र लम्जुङको काउलेपानी तथा घलेगाउँले यस किसिमको व्यवस्था गरेका छन् ।

    घरवास कार्यक्रमले स्थानीय अर्थतन्त्रमा पारेको प्रभाववारे सामान्य मुल्यांकन गर्न सकिन्छ । स्याङजा जिल्लाको सिरुवारी घरवास कार्यक्रमलाई उदाहरणको लागि लिन सकिन्छ । यस घरवास कार्यक्रममा सामान्यतया पर्यटकले स्थानीय वाजा, फूलमाला सहितको स्वागतको कार्यक्रम, सांझको एक छाक खाना, विहानको नास्ता र रातीको वासका लागि एक मुष्ठ रु. १०७५ रुपैया शाहकारी र रु. १२०० मांसहारी खानाको व्यवस्था छ । एक हजार रुपैया घरवास कार्यक्रम संचालक र ७५ रुपैया घरवास व्यवस्थापन समितिको कोषमा जम्मा गरिन्छ । यस आ.व. २०७५।०७६ मा ३,८१५ जना पर्यटक सिरुवारी पुगेको तथ्याङ्क छ । यही आकडाको आधारमा शाकाहरी मूल्यमा सेवा विक्रि गर्दा गत वर्ष न्यूनतम लगभग ४१ लाख १ हजार १ सय पचिस रुपैयाँ गाउँमा अतिरिक्त रकम भित्रिएको अनुमान गर्न सकिन्छ । घरवास व्यवस्थापन समितिको कोषमा २ लाख ८६ हजार बरावार रुपैयाँ समितिको खातामा जम्मा भएको छ । यस किसिमको पर्यटन कार्यक्रम अर्थात् ग्रामीण पर्यटन विकास कार्यक्रमले स्थानीयलाई अंशिक रुपमा रोजागरी उपलब्ध हुनु, संस्कृति संरक्षण गर्नुका साथै स्थानीय उत्पादन विक्रि गरी आयआर्जनमा टेवा पुगेको अनुभव स्थानीयहरुले सुनाउन्छ । साथै सिरुवारीबाट वसाई सरी नेपालका विभिन्न शहरहरु खासगरी पोखरा, काठमाडौ, चितवन, वुटवल, भैरहवा जस्ता शहरमा वसाई सरेका कतिपय परिवारका सदस्यहरु घरवास संचालनका लागि गाउँ फर्केका पनि छन् । यसैगरी कास्की, स्याङ्गजा, तनहू, नवलपुर जिल्लाका घरवास कार्यक्रममा आ.व. २०७५।०७६ मा स्वदेशी र विदेशी गरी कुल ८३,४२५ पर्यटक भित्रिएको स्थलगत अनुगमनबाट प्राप्त भएको छ । एक जना पर्यटकले सरदर १ हजारमा एक रातको वास, एक छाक खाना, विहानको खाजाको मूल्य कायम गरे उक्त पर्यटक सेवा शुल्कबाट प्राप्त रकम न्यूनतम ८ करोड ३४ लाख २५ हजार रुपैया यी ४ जिल्लाका १३६ सामुदायिक घरवास कार्यक्रम संचालन भईरहेको १,३१८ परिवारमा अवद्ध रहेका परिवारमा वितरण भएको देखाउछ । 
     

    तालिका १ आ.व. २०७५।७६ मा गण्डकी प्रदेशका घरवास कार्यक्रम वर्तमान अवस्था

    गण्डकी प्रदेशमा आ.व.२०७४।०७५ मा ११ जिल्लामा लगभग २७४ घरवास कार्यक्रम संचालन भए पनि केही निजीस्तर (५० परिवार) तथा अनुदान प्राप्त गर्न असफल भएका सामुदायिक घरवास गरी कुल ३४१ गाउँ वा वस्तीहरु ३,५८५ परिवार घरवासमा आवद्ध छन् । यसले ६,२३२ कोठमा १२,१८२ ओछयान उपलब्ध छन् भने ७,१७० (१ परिवारको २ जना रोजगारी) जना रोजगारी सिर्जना भई गत वर्ष न्यूनतम रु. १४ करोड, ८ लाख ४८ हजार बरावरको आर्थिक कारोवार भएको देखिन्छ । सरकारले २७४ घरवासमा लगभग २७ करोड ४० लाख लगानी गरेको अवस्थामा घरवास कार्यक्रमले स्थानीय रोजगारी, आर्थिक कारोवार तथा समन्वय र सञ्जालको विस्तार तथा मानव स्रोत साधानको विकास भएको आकंलन प्राप्त गर्न सहजै सकिदैन । 
    के प्रदेश सरकारले लगानी गरेका सबै घरवास कार्यक्रमहरु राम्ररी संचालनमा छन त ? भन्ने प्रश्नमा ५ प्रतिशत छैनन भन्न सकिन्छ । कार्यक्रमहरु कार्यन्वयन गर्ने क्रममा कार्यन्वयन गर्ने पक्षको वुझाईमा फरक फरक हुन्छ । त्यसैले कार्यक्रम कार्यन्वयनको परिमाण पनि विभिन्नता आउछ । प्रदेशभरका सवै सामुदायिक घरवास कार्यक्रमको प्रवद्र्धन एकनासले भएको छैन् भनि माथि उल्लेखित भनाईहरुले पनि प्रमाणित गर्दछ । कास्की जिल्लाको ३७ सामुदायिक घरवास मध्ये ४ वटा (११ प्रतिसत), स्याङ्गजा जिल्लाको ४३ मध्ये २० (४७ प्रतिसत), तनहूको ४६ मध्ये ११ वटा (२४ प्रतिसत) र नवलपरासीको १० मध्ये ३ वटा (३० प्रतिसत) गरी कुल ६१ घरवास सचालक समितिल्े पर्यटकको संख्याको तथ्याक नराखेको वा पर्यटक नपुगेको हो भन्न सकिन्छ । यी चार जिल्लाका २८ प्रतिशत घरवास कार्यक्रममा पाहुना नपुगेको देखिन्छ । यी घरवासहरुलाई सुधार वा अझ व्यवस्थित गर्न केही प्रभावकारी रणनीति अप्नाउनु पर्दछ । तर अन्य घरवास कार्यक्रमहरुमा न्यूनतम २ जना देखि अधिकतम १२ हजार जना पर्यटक ग्रामिण क्षेत्रमा पुगेको आकंडा छ । 
    जातिय संरचना अनुसार सामुदायिक घरवास संचालनको पृष्ठभूमीलाई विश्लेषण गर्दा गुरुङ, थारु, मगर वस्तीहरुमा बढी पर्यटक पुगेको पाइन्छ भने अन्य जातिको घरवासमा कम पुगेको देखिन्छ । वन्दीपुरमा दलित समुदायद्धारा संचालित घरवास कार्यक्रममा विदेशी र स्वदेशी गरी लगभग ४०४ जना पर्यटक पुगेको तथ्याङक छ । सामान्यतया अन्य समुदायद्धारा संचालित घरवास कार्यक्रममा पर्यटक कम पुगेको पाइन्छ । नेपाली समाजमा भिन्न भिन्न परम्परागत रितिरिवाज, विश्वास तथा संस्कृतिको प्रभाव यस घरवास कार्यक्रममा पनि देखिन्छ । भौगोलिक अवस्थिती, प्रचार प्रसारको कमि, व्यवस्थापन पक्षका्े सीप र जागारमा कमि आदिका कारण पर्यटक नपुगेको हुन सक्छ ।
    भौगोलिक क्षेत्र, समुदाय तथा व्यवस्थापनको दृष्टिकोणले समान घरवासहरुमा गैर सरकारी संस्थाहरु आर्थिक तथा प्राविधिक सहयोग भएका घरवासमा धेरै र अन्यमा कम पुगेको देखिन्छ । उदाहरणका लागि माछापुच्छे« गाउपालिकाको ल्वाङ्ग र टुसे यसैगरी मादी गाउँपालिकाको सिक्लेस र नवलपुरको अमलटारीमा गैर सरकारी निकायहरुको प्राविधिक प्राप्त भएकोले संचालकहरुको व्यवस्थापनमा केही दक्षता हासिल गर्नाले पर्यटक आगमन तुलानात्मक रुपमा वढी भएको अनुमान गर्न सकिन्छ । 
    घरवास कार्यक्रममा पुगेको वेला पाहुनालाई स्थानीय पराम्परागत अनुसारको स्वागत सत्कार र आतिथ्यताले समाजक सभ्यातको संकेत गर्दछ भने संस्कृति संरक्षणमा सहयोग पुगेको छ । कतिपय घरवास कार्यक्रमले गुरुङ्ग, मगर, थारु, क्षेत्रि व्राह्मण जस्ता जातिय पहिचान हुने संग्राहलय स्थापना गरी पुरानो संस्कृतिको संरक्षण गर्दै आएको छ । अधिकांस घरवास कार्यक्रम आउने पाहुनालाई खानाको लागि स्थानीय कृषी उत्पादनलाई जोड दिएको छ । यसले ग्रामीण क्षेत्रको अर्थतन्त्रमा टेवा पुग्दछ ।
     घरवास कार्यक्रमको सकारात्मक प्रभाव मात्र छैन् नकारात्मक पनि छ । यस कार्यक्रममा सहभागी आन्तरिक पर्यटकको गलत सोचका कारण सिर्जित गतिविधिले समाजमा केही नकारात्मक प्रभाव पारेको पाईन्छ । यस किसिमको विकृतिलाई समयमा नै उचित विधिद्धारा नियन्त्रण गर्नु आवश्यक हुन्छ । घरवास कार्यक्रम संचालक समिति पर्यटक तथा घरवास संचालक दुवै पक्षलाई घरवास कार्यक्रमका मापदण्ड वा आचार संहितलाई कडाइका साथ पालन गर्न र गराउनु नै विकृति न्युनीकरणको उचित विधि हुनेछ ।
     पर्यटन विकासको लागि घरवास कार्यक्रमले ग्रामिण क्षेत्रमा ओझेलमा परेको पर्यटकिय गन्तव्यहरुको पहिचान तथा प्रचार गरी पर्यटकीय नयाँ गन्तव्यको विकास भईरहेको छ । अझ यस कार्यक्रमले खेरा गइरहेको समुदायको समय र स्रोतको उपयोग, ज्ञान र सीपको विकास, सामाजिक संञ्जालको विस्तार, स्थानीय पर्यटन क्षेत्रको विकास गरी स्थानीय कला संस्कृतिको संरक्षण, कृषी उत्पादनलाई जोड, सामाजिक विभेद अन्त्य गरी आपसी मेलामिलप जस्ता अदृष्य नीधिहरुले ग्रामिण अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । यसले ग्रामीण पर्यटन विस्तार मात्र नभई नेपाली समाजमा विद्यमान पछौटेपनालाई निवारण गर्दै स्थानीय स्तरमा समृद्धिको आधार तयार गरेको छ । त्यसैले गण्डकी प्रदेश सरकारले घरवास कार्यक्रमलाई प्राथमिकता साथ कार्यन्वयन गरिरहेको छ । यस अभियानले संघिय सरकारले लक्षित गरेको पर्यटन विकासमा अप्रत्यक्ष सहयोग पुगेको भने सुंयुक्त राष्ट्र संघिय विश्व पर्यटन संघले तय गरेको ग्रामिण अर्थतन्त्र विकासको लागि पर्यटन भन्ने नाराले पुष्ठी गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार