शनिबार, वैशाख १५ गते २०८१

वाणिज्य बैंकहरुको बचतकर्तालाई बीमा अफर , २६ लाखसम्म सुबिधा

वाणिज्य बैंकहरुको बचतकर्तालाई बीमा अफर , २६ लाखसम्म सुबिधा

अखबार दैनिक
शनिबार, असोज १७ २०७७
  • वाणिज्य बैंकहरुको बचतकर्तालाई बीमा अफर , २६ लाखसम्म सुबिधा

    असोज १७, काठमाण्डौं । वाणिज्य बैंकहरुले ग्राहकरुलाई आर्कषण गराउन विभिन्न योजनाहरु ल्याउने गरेका छन् । बैंकहरुले ग्राहकहरुलाई बचत खाता खोल्दैमा बीमा सुविधादेखि एटीएम कार्ड,मोवाइल÷अनलाइन बैंकिङ्गको शुल्क, कर्जाको ब्याजदरमा छुट, उच्च व्याजदर, निशुल्क डिम्याट तथा मेरो शेयर खाता समेत खोल्न सकिने सुविधा दिइरहेका छन् ।

    images

    त्यसमध्येको आकर्षक योजना भनेको बीमा सुविधा रहेको छ । बचतकर्ताले बैंकमा खाता खोल्दैमा घातक रोगको उपचार खर्च, दुर्घटना बीमा,मेडिकल बीमा र म्यादी जीवन बीमाको समेत सुविधा दिइरहेका छन् ।

    केहि समय अघि बैंकहरुले निशुल्क बीमा भन्दै बचत खाताको योजना सार्वजनिक गर्ने गरेको थियो । तर बीमा समितिले बीमा निशुल्क नहुने भन्दै अपत्ति जनाएपछि बैंकहरुले निशुल्क भन्ने शब्द हटाएर बीमाको सुविधा सहितको बचत खाता सञ्चालन गरीरहेका छन् ।

    बैंकहरुमा बचत खाता खाेल्दैमा जाखिम समेत बहन हुने भएपछि सर्वसाधारणहरु समेत त्यस्ता योजना तर्फ आकर्षित हुन थालेका छन् ।

    कुन बैंकमा खाता खोल्दा कति/कस्ताे बीमा सुविधा ?

    बाणिज्य बैंकहरुले खचतकर्ताहरुलाई अधिकतम २६ लाख सम्मको बीमा सुविधा दिइरहेको पाएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसंगको सहकार्यमा बैंकहरुले उक्त सूविधा दिइरहेका छन् ।

    वणिज्य बैंकहरुले उनीहरुको वेवसाइमा राखिएको सूचना आधारमा सबै भन्दा धेरै कुमारी बैंकले २६ लाख रुपैयाँ सम्ममो बीमा सुविधा दिने गरेको पाइएको छ । कुमारीले सुरक्षा बचत खातामा सो बराबरको बीमा सुविधा दिन जनाएको हो ।

    यस्तै दोस्रोमा एनआईशि एशिया बैंकले आफ्नो बचत कर्ताहरुलाई २१ लाख रुपैयाँ बराबरको बीमा सुविधा दिईरहेको छ । एनआईसी एशियाले बचत कर्तालाई दुर्घटना बीमा वापत १० लाख रुपैयाँ, घातक रोगको लागि १० लाख र मेडिकल बीमा वापत १ लाख रुपैयाँ बराबरको बीमा सुविधा दिईरहेको छ ।

    सिद्धार्थ बैंकले पनि बचतकर्तालाई १४ लाख रुपैयाँ सम्मको बीमा सुविधा दिइरहेका छन् । सिद्धार्थले मेडिकल इन्स्योरेन्स, दुर्घटना बीमा र १८ घातक रोग विरुद्ध बीमाको लागि सो बराबरको रकम बचतकर्तालाई दिनेछ ।

    सानिमा बैंकले ५० हजार रुपैयाँको मेडिकल बीमा, १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, ३ लाख रुपैयाँ बराबरको घातक रोगको बीमा र २५ हजार रुपैयाँ म्यादी जीवन बीमा गरी कुल १३ लाख ७५ हजार रुपैयाँको बीमा सुविधा दिइरहेको छ ।

    यसैगरी सनराइज बैंकले बचत कर्ताको ५ लाख रुपैयाँको घातक रोगको बीमा र १ लाख रुपैयाँको मेडिकल बीमा सुविधा दिइरहेको छ । मेडिकल बीमाको रकममा २० हजार सम्म ओपीडी खर्च र ८० हजार रुपैयाँ सम्म हस्पिटल भर्ना भएमा उपचार खर्च पाउनेछन् ।

    नविल बैंकले पनि बचत कर्तालाई म्यादी जीवन बीमा सहितको बीमा सुविधा दिईरहेको छ । बैंकले ७५ हजार रुपैयाँ बराबरको म्यादी जीवन बीमा,३ लाख रुपैयाँ बराबरको घातक रोगको बीमा गरी ३ लाख ७५ हजार रुपैयाँको सुविधा दिइरहेको छ ।

    एनएमबी बैंकले घातक रोग विरुद्ध र दुर्घटना बीमा वापत १० लाख रुपैयाँ, एभेरष्ट बैंकले मेडिकल बीमामा १ लाख र दुर्घटना बीमा बापत ५ लाख गरी ६ लाख रुपैयाँ, हिमालयन बैंकले दर्घटना बीमा वापत ५ लाख, सिभिल बैंकले ५ लाख रुपैयाँको दुर्घटना बीमा र ५० हजारको मेडिकल बीमा सेवा दिनेछ ।

    एनसीसी बैंकले पनि बचतकर्तालाई १० हजार रुपैयाँ बराबरको मेडिकल बीमा सुविधा दिइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार