सोमबार, जेठ ७ गते २०८१

माउन्टेन इनर्जी नेपाल (MENL) ले स्थागित भएको आईपीओ आज बुधबार देखि निष्काशन तथा बिक्री खुला गरेको छ

माउन्टेन इनर्जी नेपाल (MENL) ले स्थागित भएको आईपीओ आज बुधबार देखि निष्काशन तथा बिक्री खुला गरेको छ

अखबार दैनिक
बुधबार, भदौ ३१ २०७७
  • माउन्टेन इनर्जी नेपाल (MENL) ले स्थागित भएको आईपीओ आज बुधबार देखि निष्काशन तथा बिक्री खुला गरेको छ

    ३१ भदौं,काठमाण्डौं ।   माउन्टेन इनर्जी नेपाल (MENL) ले स्थागित भएको आईपीओ आज बुधबार देखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।

    images

    कम्पनीले साउन २८ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्ने घोषणा गरेको थियो । तर, स्थानिय देशका अधिकांश स्थानहरुमा बाढी पहिरोको भयावह अवस्था सृजना भएकोमा प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिएका कारण सो निष्काशन कम्पनीले स्थगित गरेको थियो । 

    कम्पनीले निष्काशन गरेको आइपीओमा स्थानीयले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर विक्री नभए ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

    आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन् । आइपीओमा प्रभावित र अति प्रभावित दुबैले न्युनतम १० कित्तादेखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।

    कम्पनीले नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर विक्रीमा ल्याएको हो ।

    नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) आयोजनाको अति प्रभावित क्षेत्र हुन् भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन् । त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउपालिका प्रभावित क्षेत्र हो ।

    कम्पनीले जारी पूँजीको २० प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । सो मध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता जारी गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार