बिहीबार , असोज ३ गते २०८१

हितेन्द्रदेव शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशक बनाइँदै

हितेन्द्रदेव शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशक बनाइँदै

अखबार दैनिक
मंगलबार, भदौ ३० २०७७
  • हितेन्द्रदेव शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशक बनाइँदै

    ३० भदौं काठमाण्डौं ।  कुलमान घिसिङलाई पुन नियुक्ति नगर्नुको रहस्य खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशन बनउनका लागि घिसिङलाई पुर्ननियुक्ति नगरेको रहस्य खुलेको छ ।

    images

    कुलमानको रिक्त पदमा प्राधिकरणकै १२ तहमा रहेका शाक्यलाई ल्याउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।

    शाक्य अहिले नेपाल विद्युत प्राधिकरण इन्जिनियरिङ कम्पनीका प्रबन्ध सञ्चालनमा रहेका छन् । उनलाई उक्त कम्पनीबाट तानेर कार्यकारी निर्देशक बनाउन लागिएको हो ।

    प्राधिकरणमा १२ तहमा कार्यरत उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहित लेखनाथ कोईराला र हरराज न्यौपाने छन् । कोइराला अर्थको प्रमुख हुन भने न्यौपाने ग्राहक तथा वितरण सेवा केन्द्रको प्रमुख हुन् ।

    कोइराला र न्यौपानेमध्ये एकलाई कार्यकारी निर्देशक नबनाएर शाक्यलाई बनाउन लागिएको हो । शाक्यले राधा ज्ञवाली ऊर्जा मन्त्री हुँदा चिलिमेबाट कुलमानलाइ हटाउन मन्त्रीलाई सहयोग गरेका थिए । त्यसबेला मन्त्री ज्ञवालीले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा ल्याएर शाक्यलाई मध्यभोटेकोशी जलविद्युत आयोजनाको अध्यक्ष बनाएकी थिइन् ।

    नेपाल विद्युत प्राधिकरण आइतबारदेखि नेतृत्वबिहीन छ । कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएपछि उनको ठाँउमा शाक्यलाई ल्याउन लागिएको हो । कार्यकाल सकिएपनि कुलमानलाई पुन नियुक्ति गर्नु पर्ने बिषयमा आवाज उठदै आएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले समेत कुलमानलाई पुननियुक्ति गर्नु पर्नेमा जोड दिएपनि प्रधानमन्त्री ओलीले कुलमानलाई निरन्तरता दिन नसकिने प्रतिक्रिया दिएका थिए । कुलमानलाई पुन नियुक्ति गर्ने विषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीलाई दवाव दिएका थिए । तर, प्रधानमन्त्री ओलीले प्रचण्ड र ऊर्जा मन्त्री पुनको कुरा सुन्न तयार देखिएका थिएनन् ।

    नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले त सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कुलमानको योगदान अझै आवश्यक भएकाले उनको पुननियुक्ति हुने विश्वास व्यक्त गरेका थिए ।

    कुलमानले दैनिक १३ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई अत्य गरेर सवैको स्याबासी पाएका थिए ।

    उनको पहलमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त हुन पुगेको थियो । उनले गरेका सुधारका प्रयासलाई भने सवैले प्रसशां नै गरेका छन् ।

    सर्वसाधारणले पनि कुलमान पुन दोहोरिनु पर्ने पक्षमा जोड दिएका छन् । सामाजिक सञ्जालमा समेत कुलमानको प्रसंशा गरिदै आएको छ । कुलमान पुन नियुक्ति गर्नु पर्छ भन्दै कलाकारहरुले पनि दवाव दिँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ