बिहीबार , असोज ३ गते २०८१

नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाड्नु नपर्ने र पुष्पकमल दाहाल प्रचण्डलाई ‘कार्यकारी’ अधिकार दिने गरी प्रस्ताव

नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाड्नु नपर्ने र पुष्पकमल दाहाल प्रचण्डलाई ‘कार्यकारी’ अधिकार दिने गरी प्रस्ताव

अखबार दैनिक
शुक्रबार, भदौ २६ २०७७
  • नेकपा स्थायी कमिटी बैठक बस्दै,  अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाड्नु नपर्ने र पुष्पकमल दाहाल प्रचण्डलाई ‘कार्यकारी’ अधिकार दिने गरी प्रस्ताव

    २६ भदौं , काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । लामो समयदेखि बस्न नसकेको बैठक शुक्रबार बस्न लागेको हो । बैठकले अध्यक्षद्धयले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा छलफल गरी पारित गर्ने कार्यक्रम रहेको बुझिएको छ । 

    images

    बैठक साउन १३ गते बस्ने भनिए पनि कोरोना भाइरसको महामारीको नाममा सारिएको थियो । 

    कार्यदलको परिमार्जित प्रतिवेदन अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाड्नु नपर्ने र पुष्पकमल दाहाल प्रचण्डलाई ‘कार्यकारी’ अधिकार दिने गरी प्रस्ताव गरिएको छ । 

    ओली र प्रचण्ड मिलेसँगै अर्को सशक्त गुट माधवकुमार नेपाल पक्ष भने असन्तुष्ट भएको छ । असार १० गतेदेखि बसेको स्थायी कमिटी बैठकमा ओलीले आफ्नै पार्टीका नेताहरुलाई भारतीय दलाल भनेसँगै एकाएक बैठक अवरुद्ध भएको थियो । 

    ओलीले आफूलाई हटाउन खोजिएको र भारतसँग आफ्नै नेताहरु मिलेको आरोप लगाएका थिए । त्यसयता पार्टीभित्र चर्काचर्की परिरहेको छ । 

    ओलीले आफूलाई भारतीय दलाल भनी आफ्नो कुर्सी बचाउन नयाँ रणनीति रचेको भन्दै स्थायी कमिटी बैठकमै उनको राजीनामा मागिएको थियो । ओलीको बोलीपछि प्रचण्ड र माधवकुमार नेपाल पक्ष एक भएर अगाडि बढेका थिए । 

    सरकार र पार्टी अध्यक्ष नै छाड्नु पर्ने भएपछि ओलीले स्थायी कमिटी बैठक नै छल्ने गरी स्थगित गर्दै आएका थिए । तर पटक पटक बैठक स्थगित गरेपछि बालुवाटरमै पुगेर प्रचण्ड र नेपाल पक्षका नेताहरुले बैठक संचालन गरेका थिए । 

    त्यसपछि हच्किएका ओलीले विभिन्न गुट उपगुटसँग भेटेर छलफल गरेपछि अहिले माहोल फरक भएको दावी गरिन्छ । 

    ओलीले प्रचण्ड–नेपाल पक्षलाई एक गर्न महत्वपूर्ण भूमिका खेलेका उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा पार्न सफल भएको दावी गरिएको छ । 

    त्यसैगरी कार्यदलका सदस्यहरुलाई समेत मन्त्रीको प्रलोभन देखाएर ओली एक कदम अगाडि बढेको दावी समेत गरिएको छ । 

    स्थायी कमिटी सदस्य पम्फा भुषालले शुक्रबारको बैठकबाट सहमतिमा पार्टी अगाडि बढ्ने विश्वास गरेकी छिन् । उनले कार्यदलको प्रस्ताव पारित हुने बताएकी छिन् । 

    उनले सरकार ओलीले चलाउने र पार्टी प्रचण्डले चलाउने सहमति हुनेसमेत दावी गरेकी छिन् । भुषालले सरकार चलाउने क्रममा ओलीले पार्टीसँग छलफल गर्ने र पार्टी चलाउने क्रममा प्रचण्डले नेताहरुसँग छलफल गर्नुपर्ने समेत निर्णय हुने बताएकी छिन् । 

    उनले अनुकुल समयमा मन्त्रिपरिषद पुनर्गठन हुनेसमेत बताएकी छिन् । पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय पार्टीले गरिसकेको भन्दै भुषालले मन्त्रिपरिषदले निर्णय गरेर राष्ट्रपति समक्ष पठाएपछि गौतम राष्ट्रिय सभा सांसद हुने बताइन् । 

    स्रोतहरुका अनुसार बामदेवलाई अर्थमन्त्रालयको जिम्मा दिने तथा कार्यदलमा रहेका नेताहरुलाई मन्त्री बनाउने चर्चा चलिरहेको छ । 

    नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा शीर्ष नेताहरुको पक्षका ६–६ जना रहेका छन् । कार्यदलमा ओलीका पक्षबाट पौडेल र शंकर पोखरेल (प्रदेश ५ का मुख्यमन्त्री), प्रचण्डका पक्षबाट पम्फा भुषाल र जनार्दन शर्मा तथा माधव नेपालका पक्षबाट सुरेन्द्र पाण्डे र भीम रावल रहेका छन् । 

    असन्तुष्ट माधव नेपाल पक्ष ‘पर्ख र हेर’ को अवस्थामा रहने पनि बुझिएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेछ । 

    :हाम्रो कुरा डटकम बाट 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ