मंगलबार, कात्तिक २० गते २०८२

सुनचाँदीको मूल्य प्रतितोला एक हजार ४०० ले घट्यो

सुनचाँदीको मूल्य प्रतितोला एक हजार ४०० ले घट्यो

अखबार दैनिक
मंगलबार, कात्तिक २० २०८२
  • सुनचाँदीको मूल्य प्रतितोला एक हजार ४०० ले घट्यो

    स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ