काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मुल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो । मंगलबार सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।