शुक्रबार, जेठ ४ गते २०८१

मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने

मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने

अखबार दैनिक
शुक्रबार, भदौ १९ २०७७
  • मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने

    १९ भदौ, काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

    images
    बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ ।

     आजै अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिँदै छन् । अहिले विहान ११ बजे मन्त्री परिषदको बैठक बस्ने भएको र सोही बैठकमा सरकारका प्रवक्ता समेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले राजीनामा दिन लागेका हुन् ।

    बालुवाटारमा वोलाइएको मन्त्रिपरिषद् बैठकमा खतिवडाले राजीनामा बुझाउने तयारी रहेको अर्थमन्त्रालय स्रोतको भनाइ छ ।

    बिहीबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैंठकले राष्टिय सभामा रिक्त एक सदस्य पदमा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि अर्थमन्त्री खतिवडाले राजीनामा दिन लागेका हुन् । उनका कार्यकाल भोली सकिदैछ ।

    राष्टिय सभाका सदस्य युवराज खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ