काठमाडौं । चलचित्र संघको आह्वानमा मंगलबार देशभरका फिल्म हलहरू बन्द भएका छन् । जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा हल बन्द गरिएका हुन् ।
संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको जनाएको छ । संघले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ ।मुलुकमा १६५ फिल्म हल छन् ।